Madhes Khabar
स्थानिय

वीरगन्ज हेल्थकेयर अस्पतालमा आगो लाग्दा कारोडौंको क्षति

माधुरी महत्तो
वीरगन्ज, १७ बैशाख
:वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक बहुअरी स्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा विद्युत सर्टर भएर आगलागी हुदा करोडौको क्षति भएको छ ।
अस्पतालको तेश्रो तल्लामा रहेको डायलोशीश शाखामा शुक्रबार राति ९ बजे तिर विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट डायलोशीश शाखामा रहेका डायलोशीश मेशीन ६ वटा , भेन्टिलेटर २ वटा , कार्डियेक मोनिटर ७ वटा , बेड ६ वटा , ल्यापटप २ वटा , एसी १ वटा , आरो प्लाण्ट २ वटा , फ्रिज १ वटा ,अक्सिजन सिलिण्डर १ वटा , केमिकल २ कार्टुन , एभि ट्युब ६ वटा र तौल नाप्ने मेशीन १ वटा जलेर नष्ट हुदा करिब पौने २ करोड रुपैया बराबरको क्षति भएको अस्पतालका सन्चालक डाक्टर अबुल हैयश अन्सारीले बताए ।
आगलागीका बेला डायलोशीश शाखामा बिरामी र स्वास्थ्यकर्मी नभएकाले मानवीय क्षति भने हुन नपाएको उनले बताए ।
अन्सारीका अनुसार , शुक्रबार राति ९ बजे तिर हावाहुरीसंगै पानी परिरहेका बेला चट्याङ पनि खसिरहेकाले चट्याङकै कारण डायलोशीश शाखामा विद्युत सर्ट भएर आगलागी भएको हो ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले भने अस्पतालको डायलोशीश शाखामा विद्युत सर्ट भएर आगो लागेको बताए ।
आगो , वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको मदतमा अग्नि नियन्त्रक र प्रहरीले मिलेर निभाएको उनले बताए ।
आगलागीबाट १ करोड ७५ लाख ५६ हजार रुपैयाको क्षति भएको जानकारी उनले दिए ।

Related posts

वीरगन्जको रजतजयन्ति चोकदेखि वैष्णवी मन्दिरसम्म ४०० सय विरुवा रोपियो

MadhesKhabar

वीरगन्जमा पत्रकारहरुलाई आक्रमण गरी घाइते बनाउनेलाई कारबाही गर्न पत्रकार महासंघको माग

MadhesKhabar

पर्सामा सालकाे काठसहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment