Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा पत्रकारहरुलाई आक्रमण गरी घाइते बनाउनेलाई कारबाही गर्न पत्रकार महासंघको माग

वीरगन्ज,२बैशाख:नेपाल पत्रकार महासंघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि मंगलबार बेलुकी हिन्दुवादीहरुले गरेकाे प्रदर्शनकाे समाचार संकलन गर्ने क्रममा आक्रमण गरि पत्रकारहरुलाई घाइते बनाउने दाेषीहरुलाई कारबाहीको माग गरेकाे छ।
मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय अगाडि हिन्दुवादीहरुले गरेकाे प्रदर्शनकाे समाचार संकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता,मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन्।गुप्ताकाे टाउकाे फुटेकाे छ भने ओझा र तिवारीकाे खुट्टामा गम्भीर चाेट लागेकाे छ।
पत्रकार महासंघ पर्सा शाखाले मंगलबारराति एक विज्ञप्ति जारी गरेर पत्रकारहरु घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।समाचार संकलनकै क्रममा पत्रकारहरुमाथि भएको आक्रमणका दाेषीहरुकाे पहिचान गरेर कानुनी कारबाहीको दायरामा ल्यान पत्रकार महासंघ पर्सा शाखाले माग गरेकाे छ।
साथै प्रदर्शनकाे समाचार सामग्री संकलन गरिरहेका सञ्चारकर्मीहरु ढुङ्गा र प्रहरीको लाठीचार्जकाे निशानामा पर्नु  अत्यन्तै दुखद र खेदजनक भएको पत्रकार महासंघले जनाएको छ ।
आम नागरिक र पत्रकारको सुरक्षाकाे जिम्मेवारी लिएको प्रहरी प्रशासनले समाचार संकलनमा खटिएका सञ्चारकर्मीलाई सुरक्षित र भयरहित तरिकाले समाचार संकलन र सम्प्रेषण   गर्ने वातावरणकाे ग्यारेन्टी गर्नुपर्ने पनि पत्रकार महासंघ पर्साले माग गरेकाे छ।

Related posts

बारामा भूमि आयोगद्वारा जग्गाको नापजाँच शुरु

MadhesKhabar

बिपिसीमा आयाेजित व्यवसायिक योजना प्रस्तुतिकरण प्रतियोगितामा रिदम बाँनियाकाे समुह प्रथम

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा चुनाव जितेका विधार्थीहरु धर्नामा

MadhesKhabar

Leave a Comment