Madhes Khabar
समाचार हेडलाइन

बिपिसीमा आयाेजित व्यवसायिक योजना प्रस्तुतिकरण प्रतियोगितामा रिदम बाँनियाकाे समुह प्रथम

वीरगन्ज,१७चैत:वीरगन्ज पब्लिक कलेज र बिपिसी टेक क्लबको सयुँक्त आयोजनामा व्यवसायिक योजना प्रस्तुतिकरण प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा रिदम बाँनिया नेतृत्वको टाउन टास्कर्स समुह प्रथम भएको छ ।यस्तै आदर्श ठाकुर नेतृत्वको सञ्जोग क्रियशन समुह द्वितीय र प्रबेज आलमको ट्याप एण्ड गो समुह तृतीय भएको बिपिसी टेक क्लबका क्लबका कार्यक्रम संयोजक साहिल सर्राफले जानकारी दिए।

एक सय भन्दा धेरैले सहभागिता जनाएको प्रतियोगिताको फाइनलमा ८ वटा समूहले प्रतिस्पर्धा गरेकाे क्लबका अध्यक्ष आकाश दासले जानकारी दिए।

प्रतियोगिताकाे निर्णायक मण्डलमा मोहित ग्रुपका प्रबन्ध निर्देशक मोहित गुप्ता, स्टडीफाई इन्टरनेशनलका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत समिम अनवर, कर्पोरेट हाउसका प्रमुख कार्यकारी अधिकृत एलेक्स साह र वीरगन्ज पब्लिक कलेजका संकाय सदस्य कृष्ण साह रहेका थिए ।


कार्यक्रममा मधेश विश्वविद्यालयका डिन डा. अञ्जय मिश्रले युवालाई उद्यमतिर आकर्षित गर्नका लागि यस्ता प्रतियोगिताले प्रोत्साहन गर्ने धारणा राखे । कार्यक्रमको सहजीकरण बिपिसी टेक क्लबका सदस्यद्वय नम्रता अधिकारी र मुना रौनियारले गरेका थिए ।

Related posts

बाराको महागढीमाईमा प्रधानमन्त्री प्रचण्डको पुतला दहन

MadhesKhabar

माइराम पोखरीको जग्गा अतिक्रमण गरि बनाइएका घरहरु माथि चल्यो महानगरको डोजर

MadhesKhabar

वीरगन्जमा धार्मिक सहिष्णुता कायम राख्न निकालियो ‘सदभाव रयाली’ (फोटो फिचर)

MadhesKhabar

Leave a Comment