Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्ज नर्सिङ क्याम्पसमा चुनाव जितेका विधार्थीहरु धर्नामा

मधेसखबर
वीरगन्ज,७चैत : वीरगन्ज ४ विर्ता स्थित वीरगन्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर उत्पन्न विवाद झन चर्किएको छ ।

निर्वाचन सम्पन्न भइ मत परिणाम आएको दुइ दिन हुदा समेत निर्वाचित भएको प्रमाणपत्र क्याम्पस प्रशासनले नदिएको र क्याम्पसमा गरिएको तालाबन्दीले पठनपाठन प्रभाविचत भएको भन्दै स्ववियुमा निर्वाचित र अनेरास्ववियु समर्थक विधार्थीहरु मंगलबार धर्नामा बसेका छन् ।निर्वाचित भएको प्रमाणपत्र नदिएर षडयन्त्र गरिएको भन्दै धर्नामा बसेकाहरुले क्याम्पस प्रमुख र क्याम्पस प्रशासन विरुद्ध नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका छन् ।

उनिहरुले चुनावमा पराजित भएकाहरुले हार स्वीकार्न नसकेर क्याम्पसमा तालाबन्दी गरेकोले पठनपाठन र आउँदै गरेको परिक्षासमेत प्रभावित हुने भएकाले तालाबन्दी खोल्न माग पनि गरेका छन् । स्ववियू निर्वाचनको बहानामा तालावन्दी गर्न नपाईने र शैक्षिक गतिविधि निर्वाध ढंगले पुनः सूचारु हुनुपर्ने धर्नामा बसेका विधार्थीहरुको माग छ ।

उनिहरुले तालाबन्दी खोली निसर्त रुपमा पठनपाठन पुनः सूचारु गर्नुपर्ने मागसहित त्रिभुवन विश्वविद्यालयका डीनलाई पत्र पनि लेखेका छन् । उक्त पत्रमा लेखिएको छ ‘स्ववियू निर्वाचनको परिणाम सार्वजनिक भएर सबै पक्षले स्वीकारसमेत गरिसकेको अवस्थामा रातारात क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरिएकोमा हामी विद्यार्थीहरुको आश्चर्यचकित भएका छौं । के कति कारणले किन रातारात हाम्रो क्याम्पसमा तालाबन्दी गरियो भन्ने कुरा अझैसम्म हामी कसैले बुझ्नसकेका छैनौं’।आफुहरुको मालाई वेवास्ता गरिए कडा कदम चाल्न आफूहरु बाध्य हुने चेतावनी समेत उनिहरुले दिएका छन् ।

यता क्याम्पस प्रमुख जमुना भट्टराइले भने केहि विधार्थी संगठनहरुले क्याम्पसका विभिन्न शाखामा सोमबार तालाबन्दी गरेका कारण प्रमाणपत्र वितरणमा समस्या भएको बताइन् । उनले प्रशासन शाखामा निर्वाचनसंग सम्बन्धित सबै कागजातहरु रहेको तर तालाबन्दीका कारण त्यहाबाट झिक्न नपाएकाले प्रमाणपत्र वितरण गर्न नसकिएको बताइन् ।

क्याम्पस परिसरमै रहेका वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले निर्वाचनको विषयलाई लिएर भएको विवाद सुल्झाउन क्याम्पस प्रमुख र क्याम्पस प्रशासनले विधार्थी संगठनहरुसंग छलफल जारी राखेको जानकारी दिए ।

वीरगन्ज नर्सिङ क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा एक सदस्य बाहेक सभापति सहितका पदाधिकारी र सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका थिए । सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी हुन् ।
तर नेविसंघले भने चुनावमा क्याम्पस प्रमुख भट्टराइले धाँधली गरेको भन्दै क्याम्पस प्रमुख भट्टराईको राजीनामा माग गर्दै सोमबार क्याम्पस प्रमुखको कार्यकक्ष र क्याम्पस प्रशासन शाखामा सोमबार तालाबन्दी गरेको थियो ।

स्ववियु निर्वाचनमा उम्मेदवारी मनोनयनको समयदेखि नै क्याम्पस प्रमुखको भूमिका शंकास्पद रहेको आरोप नेविसंघको छ । सोमबार नेविसंघले एक विज्ञप्ति पनि जारी गर्दै अनेरास्ववियुका उम्मेदवारले समय सकिएपछि मात्र मनोनयन दर्ता गराएको, क्याम्पस प्रमुख भट्टराईले राति राति होस्टलमा गएर अनेरास्ववियुका उम्मेदवारलाई मत दिन विधार्थीलाई दबाब दिएकोले उनले राजीनामा दिनु पर्ने माग गरेको हो ।

क्याम्पस प्रमुख भट्टराईले भने स्ववियु निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको दाबी गर्दै आएकि छन् ।

 

Related posts

गहवामाईको डोली यात्रा वीरगन्जमा चैत २३ गते निकालिने

MadhesKhabar

तोरी खेतीले पंहेलपुर ठोरी : यसपालि २४ करोडको ताेरी उत्पादन हुने अनुमान

MadhesKhabar

दिपावली सकिएलगत्तै मधेसमा छठको तयारी सुरु

MadhesKhabar

Leave a Comment