वीरगन्ज,०७पुषः बाराको परवानीपुर गाउँपालिकाले जाजरकोटका भूकम्प पिडितहरुका लागि आर्थिक सहयोग गरेको छ । गाँउपालिका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीको नेतृत्वमा गएको गाँउपालिकाको टोलीले शुक्रबार जाजरकोटमै पुगेर भुकम्प पिडितहरुका लागि एक लाख रुपैयाँ सहयोग गरेको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई परवानीपुर गाँउपालिकाको तर्फबाट एक लाख रुपैयाँको चेक प्रदान गरिएको टोलीमा सहभागी परवानीपुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए ।
प्राकृतिक विपत्ती भुकम्पबाट ठूलो जनधनको क्षति ब्यहोरेका जाजरकोटका भूकम्प पिडितहरुलाई केहि राहत होस् भनेर परवानी गाँउपालिकाको तर्फबाट आर्थिक सहयोग गरिएको टोलीमा सहभागी नेकपा एमालेका मधेस प्रदेश सदस्य एंव अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव उमेश गुप्ताले बताए ।
बाराबाट आर्थिक सहयोग गर्न जाजरकोट गएको टोलीमा परवानीपुर गाँउपालिकाको न्यायिक समितिका सदस्य जगदीश साह , जिन्सी शाखा प्रमुख अजय कुशवाहा र योजना शाखा प्रमुख रुपेश मण्डलकोपनि सहभागीता थियो ।

