Madhes Khabar
समाज हेडलाइन

परवानीपुर गाँउपालिकाले जाजरकोटका भूकम्प पिडितहरुलाई दियो एक लाख रुपैयाँ

वीरगन्ज,०७पुषः बाराको परवानीपुर गाउँपालिकाले जाजरकोटका भूकम्प पिडितहरुका लागि आर्थिक सहयोग गरेको छ । गाँउपालिका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीको नेतृत्वमा गएको गाँउपालिकाको टोलीले शुक्रबार जाजरकोटमै पुगेर भुकम्प पिडितहरुका लागि एक लाख रुपैयाँ सहयोग गरेको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई परवानीपुर गाँउपालिकाको तर्फबाट एक लाख रुपैयाँको चेक प्रदान गरिएको टोलीमा सहभागी परवानीपुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए ।

प्राकृतिक विपत्ती भुकम्पबाट ठूलो जनधनको क्षति ब्यहोरेका जाजरकोटका भूकम्प पिडितहरुलाई केहि राहत होस् भनेर परवानी गाँउपालिकाको तर्फबाट आर्थिक सहयोग गरिएको टोलीमा सहभागी नेकपा एमालेका मधेस प्रदेश सदस्य एंव अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव उमेश गुप्ताले बताए ।

बाराबाट आर्थिक सहयोग गर्न जाजरकोट गएको टोलीमा परवानीपुर गाँउपालिकाको न्यायिक समितिका सदस्य जगदीश साह , जिन्सी शाखा प्रमुख अजय कुशवाहा र योजना शाखा प्रमुख रुपेश मण्डलकोपनि सहभागीता थियो ।

Related posts

ठोरीका मृगौला पिडित श्रेष्ठकाे उपचारका लागि १ लाख ७५ हजार नगद सहयोग

MadhesKhabar

उपेन्द्र यादवबाट आजित पर्साका युवा नेता सोनीले पनि छाडे जसपा नेपाल

MadhesKhabar

वीरगन्जमा कर्फु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी

MadhesKhabar

Leave a Comment