वीरगन्ज ,८चैत : पर्साकाे ठोरी गाँउपालिका वडा नम्बर ३ ब्रहनगर निवासी मृगौला रोगका पीडित महेन्द्र कुमार श्रेष्ठको उपचारको लागी विभिन्न माध्यमबाट सहयोग गर्ने क्रम जारी छ।
बुधबार मात्रै ठोरीकाे विजयबस्तीका समाजसेबी तथा अभियन्ताहरु सन्तोष श्रेष्ठ, सागर श्रेष्ठ, लेख बहादुर श्रेष्ठ र राज कुमार श्रेष्ठ लगायतले आफ्नो ब्यक्तिगत र आफ्नो पहलमा संकलित १ लाख ७४ हजार ९६० रुपैयाँ पीडित श्रेष्ठको घरमै पुगेर पिडित श्रेष्ठका बुवालाई हस्तान्तरण गारेका छन् ।
मिर्गौला पीडित श्रेष्ठको अहिले काठमाडौँ स्थित अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारका लागि स्वदेश तथा विदेशवाट सहयोग संकलन अभियान सन्चालन भइरहेको छ । उपचारमा सहयोग पुरयाउन सामाजिक संजाल मार्फत उनको परीवार र आफन्त एवं साथीभाईले अभियान संचालन गरेका हुन् ।
श्रेष्ठको उपचारमा सहयोग गर्न इच्छुकले पिडीत श्रेष्ठका बुबा महेन्द्र कुमार श्रेष्ठकाे नाममा प्रभु बैंकमा रहेको खाता नम्वर ०५७०२२३३६७१००१ मा आर्थिक सहयोग गर्न सक्नेछन् ।
श्रेष्ठको उपचारमा सहयोग स्वरुप विभिन्न व्यक्ति, सघंसस्थाबाट गरी हाल सम्म १७ लाख भन्दा बढी संकलन भइसकेकाे छ ।साभार: रेडियो विजयबस्ती

