Madhes Khabar
समाज

वीरगन्जका युवा अभियन्ता स्व.कलवारकाे स्मृतिमा ३१ जनाले गरे रगतदान

वीरगन्ज ,२असार: वीरगन्जमा शनिबार सानवी फाउन्डेसन अफ नेपालले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ३१ जनाले रगतदान गरेका छन् ।

आदर्शनगरस्थित मधुशाला फेमिली रेष्टुरेन्टमा आयाेजित रक्तदान कार्यक्रममा १ महिलासहित ३१ जनाले रगतदान गरेका हुन् ।

रगतदान गर्नेहरुमा विवेक कुमार झा, विवेक साह, सशांक सिंह, युवराज गुप्ता, मल्बिन्दर कौर, ओमप्रकाश गुप्ता, अमरदिप साह, गोविन्द रौनियार लगायतका रहेकाे नेपाल रेडक्रस साेसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

सानवी फाउन्डेसन अफ नेपालकी अध्यक्ष सानु गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयाेग गरेकाे थियाे ।

वीरगन्जका युवा अभियन्ता स्वर्गीय विवेक कलवारकाे सम्झनामा रक्तदान कार्यक्रम गरिएको फाउन्डेसनकी अध्यक्ष गुप्ताले बताईन् ।

Related posts

वीरगन्जमा मानव सेवा आश्रमको सुविधासम्पन्न भवनको निर्माण कार्य सुरु

MadhesKhabar

मिलापत्रमा टुंगियो सीके राउत दम्पतीको सम्बन्धविच्छेद मुद्दा

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढयो

MadhesKhabar

Leave a Comment