Madhes Khabar
समाज

मिलापत्रमा टुंगियो सीके राउत दम्पतीको सम्बन्धविच्छेद मुद्दा

काठमाडौं,११बैशाखःजनमत पार्टीका अध्यक्ष सीके राउत र उनकी पत्नि सोनी सिन्धु रानीबीचको सम्बन्धबिच्छेद मुद्दामा मिलापत्र भएको छ। बुधबार ललितपुर जिल्ला अदालतमा दुबैजना बीचको उनको सम्बन्ध बिच्छेदको मुद्दा मिलापत्र भएको हो।

राउतले पत्नि सोनी सिन्धु रानीलाई अंश दिने तर सँगै भने नबस्ने गरी मिलापत्र गरेको ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राम सजिवन महतोले जानकारी दिए। उनले भने, ’अदालतले मिलापत्रमा पठाउने आदेश गरेको थियो। त्यसपछि उहाँहरूले मिलापत्र गर्नुभयो। मिलापत्रमा उहाँको श्रीमतीलाई मासिक ३३ हजार माना चामल भर्ने, श्रीमतीलाई अंश दिने र दिएको अंशमा घर बनाइदिने र बच्चा भने बुबासँगै रहने गरी मिलापत्र गर्नुभएको छ।’

राउतले २०८१ भदौ १२ गते अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका थिए । राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइत मात्र जाने गरेको र लामो समयदेखि भारतमा रहँदै आएको दाबी गर्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए।साभारः नागरिक

Related posts

वीरगन्जमा कपडा बैंकद्वारा गरिब तथा असहायहरुलाई ६०० थान कपडा वितरण

MadhesKhabar

पर्सामा विधुत चोरी गर्ने १२ जना पक्राउ

MadhesKhabar

वीरगन्जमा शिखर इन्स्योरेन्स कम्पनीले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment