Madhes Khabar
समाज

वीरगन्जमा शिखर इन्स्योरेन्स कम्पनीले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

वीरगन्ज,१मंसिरःवीरगन्जमा शनिबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् ।

संस्थाको २१ औं वार्षिक उत्सवका उपलक्ष्यमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगन्ज शाखाले आदर्शनगरस्थित सोसाइटी कम्पलेक्समा आयोजना गरेको रक्तदान कार्यक्रममा दुई महिलासहित ५८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

रक्तदान गर्नेहरुमा निशाकुमारी पटेल,हरिओम ठाकुर,श्रीराम पटेल,दिपक मेहता,मनिष श्रीवास्तव, महम्मद चाँद, कन्हैया कुमार साह, साहेब अली धोबी,कृष्ण यादव,अभिषेक चौरसिया,देवेन्द्र प्रसाद यादव ,दिपु कुमार पटेल, दिपेश श्रीवास्तव, गोबिन्दा यादव, प्रकाश कुमार लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी दिए ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वीरगन्ज शाखा प्रमुख नितेश दासको अध्यक्षता तथा मधेस प्रदेश प्रमुख सुरेशचन्द्र गुप्ताको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा गुल्शन बर्मा , धिरज साह लगायतकाकोपनि उपस्थिति रहेको थियो।

 

Related posts

ठोरीको बृद्धा आश्रममा लायन्स क्लबद्वारा खाद्यन्न र दैनिक उपभोग्य सामग्री सहयोग

MadhesKhabar

वीरगन्ज :गरिब परिवारकी दलित युवतीको विहे खर्चका लागि उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

विपी स्मृति दिवसमा पर्सा जिल्लाभर कांग्रेसले गर्यो वृक्षारोपण

MadhesKhabar

Leave a Comment