Madhes Khabar
समाज

रेडियो वीरगन्जको परिसरमा भएको कार्यक्रममा ४२ जनाले गरे रक्तदान

वीरगन्ज,३२जेष्ठःवीरगन्जस्थित रेडियो वीरगन्जको परिसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रगतदाान गरेका छन् ।

विश्व रक्तदाता दिवसको अवसरमा वीरगन्जको भारतीय महावाणिज्य दूतावासले रेडियो वीरगन्जको समन्वयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित ४२ जनाले रगत दान गरेका हुन् ।

रगत दान गर्नेहरुमा रन्जु देवी,रेणु देवी, पिंकी पाण्डे,रामविद्या चौधरी , सपना अग्रवाल, देवी सहाय मिना,ईश्वरचन्द्र यादव,हरिशंकर शर्मा,तरुण कुमार , सन्जिव कुमार, चन्दन श्रीवास्तव लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका राजन श्रीवास्तवले जानकारी दिए ।

रक्तदान कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना, रेडियो वीरगन्जका अध्यक्ष ध्रुब साह,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतको उपस्थिती रहेको थियो ।

Related posts

भोजमा दलितसंग गरिएको जातीय छुवाछुतको विरुद्ध वीरगन्जमा प्रदर्शन

MadhesKhabar

पर्साको पाडेपुरमा रहेको मदरसामा ३० जना बालबालिकालाई सुइटर वितरण

MadhesKhabar

पर्साकाे टिनडाेवियामा आयाेजित कार्यक्रममा २३ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment