वीरगन्ज,१८कार्तिक : रुंगटा वेल फेयर सोसाइटीले यस वर्षको छठ पर्बमा पनि आर्थिक रुपमा विपन्न परिवारका ब्रतालुहरुलाई छठ पूजामा चाहिने विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।सोसाइटीका कोषाध्यक्ष सुरेश रुंगटाले गरिब र विपन्न परिवारका महिलाहरुलाइ छठ पूजाका लागि चाहिने लत्ताकपडाका साथै अन्य सामाग्री वितरण गरेका हुन् ।
रुंगटा वेल फेयर सोसाइटीले आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा छठको ब्रत गर्ने ३ सय २० जना महिलालाई एक एक थान साडी र छठ पूजाको प्रसाद बनाउन आवश्यक पर्ने गहुँको पिठो वितरण गरेको हो ।
छठ पर्ब सबैको साझा पर्ब भएको र पर्बमा खर्चको अभावमा कोहि पनि पर्ब मनाउनबाट बन्चित नहोस् भन्ने उदेश्यले हरेक वर्ष छठ पर्बका बेला ब्रत गर्ने महिलाहरुलाइ रुंगटा वेल फेयर सोसाइटीले सहयोग गर्दै आएको जसपाका युवा नेता सरोज यादवले बताए ।

