Madhes Khabar
धर्म/संस्कृति

गौ हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न मधेसी आयोगको माग

काठमाडौं,१० भदौं : मधेसी आयोगले गाई–गोरु हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

मधेसी आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई÷गोरुको हत्या गरी सार्वजनिक रूपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरीत रहेको बताउँदै दोषीलाई तुरुन्त कानुनी कारबाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको हो ।

मधेसी आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात–जाति तथा धर्मका मान्छेहरूले सम्मान गर्नुपर्ने समेत बताएको छ । आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरीत कार्य गर्ने जो–कोहिलाई पनि यथाशीघ्र कारबाही गर्नुपर्ने कुरा माथि जोड दिएको छ ।

मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुनसरी घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको र उक्त घटनाको दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले आवश्यक पहल गर्ने समेत बताएका छन् ।साभार : रातोपाटीबाट

 

 

 

Related posts

बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

MadhesKhabar

वीरगन्जमा हिन्दु समाज र स्थानीय प्रशासनबिच सहमति, पक्राउ परेका २१ युवा रिहा

MadhesKhabar

मन्त्री यादव र मेयर सिंहद्वारा नगवा पोखरीको निरीक्षण,छठको तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन

MadhesKhabar

Leave a Comment