Madhes Khabar
धर्म/संस्कृति

गौ हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न मधेसी आयोगको माग

काठमाडौं,१० भदौं : मधेसी आयोगले गाई–गोरु हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

मधेसी आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई÷गोरुको हत्या गरी सार्वजनिक रूपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरीत रहेको बताउँदै दोषीलाई तुरुन्त कानुनी कारबाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको हो ।

मधेसी आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात–जाति तथा धर्मका मान्छेहरूले सम्मान गर्नुपर्ने समेत बताएको छ । आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरीत कार्य गर्ने जो–कोहिलाई पनि यथाशीघ्र कारबाही गर्नुपर्ने कुरा माथि जोड दिएको छ ।

मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुनसरी घटनालाई आयोगले गम्भीरतापूर्वक हेरिरहेको र उक्त घटनाको दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले आवश्यक पहल गर्ने समेत बताएका छन् ।साभार : रातोपाटीबाट

 

 

 

Related posts

विश्वप्रसिद्ध पञ्चवर्षिय गढीमाई मेला: किंवदन्ती र परम्परा

MadhesKhabar

भाथा धामकाे विकासका लागि संयुक्त पहल गर्ने पर्साका राजनीतिक दलहरुकाे निर्णय

MadhesKhabar

ऐतिहासिक धार्मिकस्थल सिम्रौनगढको पलकियामाई क्षेत्रमा उत्खनन् सुरु

MadhesKhabar

Leave a Comment