Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा मुस्लिमको पर्व मोहरमा निकालिने दाहामा डीजे,हतियार र अरु देशको झण्डाको प्रदर्शन निषेध

वीरगन्ज,१० असारः मुस्लिम धर्मावलम्बीहरुको पर्व दाहा (मोहरम/ताजिया) मा कुनैपनि प्रकारका घरेलु वा अन्य हातहतियार एंवम् भाँठाको प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ ।

असार १२ गते परेको मोहरम पर्वको सुरक्षालाई लक्षित गरी बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । बैठकले वीरगन्ज वा जिल्लाका कुनैपनि स्थानमा मोहरम पर्वका दिन निकालिने दाहामा कुनै पनि प्रकारका घरेलु वा अन्य हातहतियार एंव् भाँठाको प्रदर्शन गर्न नपाइने निर्णय गरेको हो । यस्तै डिजे वा अरु कुनै बाजा बजाएर उच्च ध्वनि प्रदूषण गर्न पनि नपाइने निर्णय गरिएको छ ।

मोहरमका दिन निकालिने दाहा उत्सव –यालीलाई शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि स्थानीय प्रशासनले तोकेको रुटमा मात्रै दाहाको उत्सव –याली निकाल्नुपर्ने ,कुनै पनि धार्मिक समुदायबाट अर्को धार्मिक समुदायको भावना, आस्था तथा सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने गतिविधि गर्न नपाइने , दाहाको नेतृत्व सम्बन्धित क्षेत्रका जिम्मेवार व्यक्तिले गर्ने , धार्मिक सामाजिक सहिष्णुतामा प्रतिकूल प्रभाव पर्ने गरी अर्को देशको झण्डा, छाप अंकित टिसर्ट, लोगो लगायतका सामग्रीहरुको प्रयोग नगर्ने निर्णय बिहीबारको बैठकले गरेको छ ।

यसका साथै सामाजिक सञ्जालमा दुवै समुदाय बीच आपसी वैमनस्यता वा भ्रम फैलाउने खालका उत्तेजक पोस्ट, तस्विर वा भिडियोहरू सेयर नगर्ने , दाहा निकाल्ने क्रममा शान्ति सुरक्षालाई खलबल पुरयाउने उच्छृङ्खल गतिविधि भएमा वा कुनै विवाद उत्पन्न भएमा दुवै पक्षका अगुवाहरू मिलेर तुरुन्त नियन्त्रणमा लिने र प्रचलित कानुन बमोजिम कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने सहमतिपनि बैठकमा गरिएको छ ।

दाहा (मोहरम÷ताजिया ) पर्व तोकिएको कार्यक्रम अवधिभर मुस्लीम समुदायको तर्फबाट महबुब अलि (शेरु) र हिन्दु समुदायको तर्फबाट रंजीत शाह, सुरक्षा निकायका पदाधिकारीहरुसँगै रहने र शान्तिपूर्ण रुपमा कार्यक्रम सञ्चालन गर्न विशेष भूमिका निर्वाह गर्ने सहमति पनि भएको प्रसजअ दाहालले जानकारी दिए ।

Related posts

वीरगन्ज–१० स्थित शम्शानघाटको शिवपार्वती मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा अजय गुप्ता

MadhesKhabar

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई मन्दिर

MadhesKhabar

पर्साकाे रामभौरी भाथा धाममा साउने मेला सुरु

MadhesKhabar

Leave a Comment