वीरगन्ज,१९पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वास्थित शम्शासन घाटमा रहेको शिवपार्वती मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा अजय गुप्ता चयन भएका छन् ।
शनिबार बिहान शिवपार्वती मन्दिर परिसरमा बसेको स्थानीयबासीको भेलालले गुप्ताको अध्यक्षतामा शिवपार्वती मन्दिर व्यवस्थापन समितिको तदर्थ समिति सर्वसममतले गठन गरेको हो । जसको उपाध्यक्षमा नन्दु साह कानु, सचिवमा बन्टीलाल साह कानु रकोषध्यक्षमा राकेश साह कानु रहेका छन् ।यस्तै समितिको सल्लाहकारमा वीरगन्ज–१० का पूर्व वडासदस्य अरबिन्द साहलाई चयन गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए ।
समितिका सदस्यहरुको मनोनय अध्यक्ष गुप्ताले गर्ने सर्वसम्मत निर्णय भेलाबाट गरिएको छ । नवगठित तदर्थ समितिलाई अबको तीन महिनाभित्र संस्थाको विधान तयार पारी कानुनी रुपमा मान्यता दिलाउने काम गर्ने जिम्मेवारीपनि दिइएको बताइएको छ ।

