Madhes Khabar
धर्म/संस्कृति

वीरगन्ज–१० स्थित शम्शानघाटको शिवपार्वती मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा अजय गुप्ता

वीरगन्ज,१९पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वास्थित शम्शासन घाटमा रहेको शिवपार्वती मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा अजय गुप्ता चयन भएका छन् ।

शनिबार बिहान शिवपार्वती मन्दिर परिसरमा बसेको स्थानीयबासीको भेलालले गुप्ताको अध्यक्षतामा शिवपार्वती मन्दिर व्यवस्थापन समितिको तदर्थ समिति सर्वसममतले गठन गरेको हो । जसको उपाध्यक्षमा नन्दु साह कानु, सचिवमा बन्टीलाल साह कानु रकोषध्यक्षमा राकेश साह कानु रहेका छन् ।यस्तै समितिको सल्लाहकारमा वीरगन्ज–१० का पूर्व वडासदस्य अरबिन्द साहलाई चयन गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए ।

समितिका सदस्यहरुको मनोनय अध्यक्ष गुप्ताले गर्ने सर्वसम्मत निर्णय भेलाबाट गरिएको छ । नवगठित तदर्थ समितिलाई अबको तीन महिनाभित्र संस्थाको विधान तयार पारी कानुनी रुपमा मान्यता दिलाउने काम गर्ने जिम्मेवारीपनि दिइएको बताइएको छ ।

Related posts

वीरगन्जमा भव्य रुपमा मनाइयो शिरडी साई बाबा मन्दिरको वार्षिक उत्सव

MadhesKhabar

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिकाे अध्यक्षमा दिलिप साह कानु

MadhesKhabar

उदाँउदाे सुर्यलाई अर्घ दिएसंगै सकियाे छठ 

MadhesKhabar

Leave a Comment