Madhes Khabar
धर्म/संस्कृति

धार्मिक सहिष्णुता खल्बलाउनेलाई कारबाही गर्न मुस्लिम आयाेगकाे माग

काठमाडौं ,७असाेज: मुस्लिम आयाेगले सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् ।

उनले मलगंवासहित मधेस प्रदेशका केही जिल्लाहरुमा अराजक तत्त्वहरूले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको मागपनि गरे । उनले मलङ्गवामा कर्फ्युको बाबजुदपनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलिबेटीलाई दुर्व्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृह मन्त्री श्रेष्ठसंग आग्रह गरे ।

अध्यक्ष अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धि र देशको उन्नति प्रगतिको पक्षमा रहेकोपनि बताए ।

Related posts

कुश्ती खेलको संरक्षणका लागि मधेसका युवा पुस्तापनि अगाडि बढ्नुपर्छ : मन्त्री गुप्ता

MadhesKhabar

आज वसन्त पञ्चमी,वीरगन्जमा पनि हर्षोल्लाशका साथ मनाइदैं सरस्वती पूजा

MadhesKhabar

वीरगन्जका एक हिन्दु युवाले रोजामा बसेका मुस्लिम धर्मावलम्बीहरुलाई गराए सामुहिक इफ्तारी

MadhesKhabar

Leave a Comment