Madhes Khabar
धर्म/संस्कृति

आज वसन्त पञ्चमी,वीरगन्जमा पनि हर्षोल्लाशका साथ मनाइदैं सरस्वती पूजा

वीरगन्ज,२फाल्गुन : वीरगन्जमा पनि आज बुधबार सरस्वती पूजा निक्कै हर्षोल्लाशका साथ मनाइदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘वसन्त पञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वती माताको निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ ।

वीरगन्जका साथै पर्सा , बारा सहितका जिल्लामा हरेक शिक्षणसंस्था , गाँउ शहरका टोलहरुमा आकर्षक टेण्टपण्डालमा सरस्वती माताको मूर्ती राखेर सरस्वती पूजा मनाइदैछ ।

 

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकीड विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।आजका दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

Related posts

जगरनाथपुर गाँउपालिकामा रहेका मठमन्दिरका साधुहरुलाई विद्युत

MadhesKhabar

चीनीया नेताकाे भ्रमण पारदर्शी बनाउन माग गरेका हिन्दुवादी अगुवा यादव पक्राउ

MadhesKhabar

धार्मिक सहिष्णुता खल्बलाउनेलाई कारबाही गर्न मुस्लिम आयाेगकाे माग

MadhesKhabar

Leave a Comment