Madhes Khabar
धर्म/संस्कृति

जगरनाथपुर गाँउपालिकामा रहेका मठमन्दिरका साधुहरुलाई विद्युत

वीरगन्ज ,४साउन: पर्साकाे जगरनाथपुर गाँउपालिकाले विभिन्न वडामा रहेका मठमन्दिरका पुजारी साधुहरुलाई खाना पकाउने विद्युतीय इन्डक्सन चुल्हाे वितरण गरेकाे छ ।

बिहीबार गाँउपालिका अध्यक्ष श्रीकान्त यादवले वडा नम्बर १ मा रहेकाे श्रीराम जानकी मन्दिर र शिव मन्दिर, वडा नम्बर ३ मा रहेकाे शिव मन्दिर र रामजानकी मन्दिर तथा वडा नम्बर ५ मा रहेकाे शिव मन्दिर र रामजानकी मन्दिरका पुजारी साधुहरुलाई १/१ थान इन्डक्सन चुल्हाे प्रदान गरेका हुन् ।

अध्यक्ष यादवले पालिकाकामा रहेका मठमन्दिरहरुमा पुजारीहरुलाई आवश्यक पर्ने अन्य सामानहरु पनि उपलब्ध गराउने भन्दै बाँकी रहेका वडाका मठमन्दिरका पुजारी साधुहरुलाई पनि उक्त विद्युतीय चुल्हाे वितरण गरिने अध्यक्ष यादवले बताए ।

चुल्हाे वितरण कार्यक्रममा वडाअध्यक्षहरु लक्ष्मी साह र सुभाष यादव, स्थानीय समाजसेवी लगायतकाेपनि उपस्थिति रहेकाे थियाे ।

Related posts

पर्सामा धार्मिक उत्सव र चाडबाडमापनि ठूलो आवाजमा डिजे र लाउड स्पीकर बजाउन रोक

MadhesKhabar

घडीअर्वा छठघाटको सुरक्षा प्रबन्ध विगतको भन्दा यसपालि अझ प्रभावकारी बनाउने प्रतिबद्धता

MadhesKhabar

कांग्रेसले मुस्लिमको हकअधिकार कुण्ठित पार्ने काम कदापी गर्दैन : कानुनमन्त्री चौरसिया

MadhesKhabar

Leave a Comment