वीरगन्ज,०९कात्तिक : छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ।
छठपूजा व्यवस्थापन समितिले आइतबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी गराए ।
उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब २३ लाख ८ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए । टेण्टपण्डाल सजावटमा ९ लाख , परिसर बाहिरको बत्ती सजावटमा ३ लाख , भिडियो ग्राफीमा ३० हजार , पुरस्कारमा ५ लाख ५० हजार , सरसफाइमा १ लाख ५ हजार रुपैया खर्च हुने समितिका कोषाध्यक्ष गुप्ताले जानकारी गराए ।






