
क्रान्ति शाह
वीरगन्ज,२० असोज : बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी पर्साको वीरगन्जका २ जनाको मृत्यु भएको छ भने पर्साका ८ जना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ की ३५ बर्षिया मुन्नीदेवी चौरसिया र वीरगन्ज १६ कै ६० बर्षिय सोम प्रसाद चौरसीया रहेका छन् ।
दुर्घटनामा परि घाइते हुनेहरु मध्ये पर्साको वीरगन्ज महानगरका ७ जना र १ जना पकाहामैनपुरगाँउपालिकाका रहेका छन् । उनिहरुको मकवानपुरको हेटौडा ,चितवनको भरतपुर र वीरगन्जको अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये वीरगन्ज १४ का ३४ बर्षिय अनवर अंसारी र पर्साको पकहा मैनपुर गाँउपालिका ४ का २० बर्षिय सन्देश यादवको हेटौडाको चूरेहिल अस्पतालमा उपचार भइरहेको छ । यसैगरि घाइते वीरगन्ज १६ की २ बर्षिया साक्षी चौरसिया, ९ बर्षिय दिब्य चौरसिया, ३५ बर्षिया लक्ष्मीया देवी , २२ बर्षिया रबिना चौरसिया र २५ बर्षिय सन्दिप चौरसियाको चितवनको घरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्की घाइते वीरगन्ज १६ कै ६० बर्षिया मालती देवी चौरसियाको भने वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसैगरि दुर्घटनामा बाराका ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ का ४१ बर्षिय लिलाराज चौधरी , कलैया १० की ३५ बर्षिया नाजलिन खातुन , कलैया १० कै २५ बर्षिय इताजत अन्सारी र बाराकै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगन्जका २८ बर्षिय सुरेश विकको मृत्यु भएको हो ।
घाइते बाराको जितपुरसिमरा २१ का १८ बर्षिय आरएन बम्ज र कलैया १४ का ५ बर्षिय अनस आलमको हेटौडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
नारायणगढबाट वीरगन्जतर्फ आउदै गरेको बा प्र. ०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज स्थित तीन नम्बर पुलमा बिहीबार बिहान साढे १० बजे तिर दुर्घटनामा पर्दा १६ जनाको मृत्यु भएको छ । दुइ दर्जन भन्दा बढि घाइते भएका छन् । बसमा ५० जना सवार थिए ।

