Madhes Khabar
शिक्षा हेडलाइन

मधेसका सरकारी विद्यालयकाे खुल्याे पाेल : छात्रवृत्ति र खाजाकाे रकम कुम्ल्याउन निजी स्कूलका विद्यार्थी भर्ना

जनकपुर,३०बैशाख:मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन सुरु गरेका छन्।सामुदायिक विद्यालयमा बेथिति बढेकाे जनगुनासाे बढेपछि मुख्यमन्त्री सिंहले मंगलबारदेखि अनुगमन सुरु गरेका हुन्।

 

मुख्यमन्त्री सिंहले मंगलबार बिहान धनुषाको हँसपुर नगरपालिकास्थित दुई सामुदायिक विद्यालय अनुगमन गरी त्यहाँ रहेका बेथिति तथा विसंगति औँल्याउँदै पालिकाका जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूसंग समस्या समाधानका लागि छलफलपनि गरेका छन्।

 

मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा हँसपुर नगरपालिका वडा नम्बर २ स्थित राष्ट्रिय प्राथमिक विद्यालय बघचौडामा विद्यालयमा नामाङ्कन गराएका विद्यार्थीमध्ये कतिपय अन्य निजी विद्यालयमा अध्ययनरत रहेका तर तिनका नामबाट छात्रवृत्ति तथा खाजा सुविधा उपलब्ध गराएको पाइएकाे फेला पारे ।

मुख्यमन्त्री सिँहले नक्कली विद्यार्थी कायम गरेर सरकारी साधनस्रोतको दुरुपयोग गम्भीर विषय भएको भन्दै त्यसलाई नियन्त्रण तथा नियमन गर्न सम्बन्धित निकायमा पत्राचार गर्न अनुगमनमा सामेल प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिँहले हँसपुर नगरपालिका वडा नम्बर ८ झटियाहीस्थित मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयमा समेत अनुगमन गरे । अनुगमनक्रममा उक्त विद्यालयमा शौचालय नै नरहेको पाइयाे ।

विद्यार्थीको अत्यधिक चाप रहने माध्यमिकस्तरको विद्यालयमा शौचालयजस्ता आधारभूत संरचना नहुनु दुःखद भएको भन्दै मुख्यमन्त्री सिंहले विद्यालयमा शौचालय व्यवस्थापनका लागि तत्काल पहल गर्न अनुगमनमासंगै रहेका हँसपुर नगरपालिकाकी उपमेयर दुर्गीदेवी मण्डलको ध्यानाकर्षण गराए ।

हँसपुर नगरपालिकाकी उपमेयर मण्डलले विद्यालयमा शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र यसै आर्थिक वर्षमा शौचालय निर्माण भइसक्ने जानकारी दिइन् ।

Related posts

गठबन्धन बैठक छाडेर उपेन्द्र यादव ओली निवास बालकोटमा

MadhesKhabar

एमालेको चुनावी घोषणापत्र : नागरिकता नेपालीलाई मात्र

MadhesKhabar

विश्रामपुरकाे मदरसाका ६० जना मुस्लिम बालबालिकालाई स्कुल ब्याग वितरण

MadhesKhabar

Leave a Comment