Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको प्रतिमा चोकमा अतिक्रमण हटाएर अधुराे हुलाकी सडक निर्माणको काम सुरु

वीरगन्ज,११माघ:वीरगन्ज महानगरपालिका वडा नंबर १५ प्रतिमा चोकमा सडक अतिक्रमण गरि बनाइएका संरचना बिहीबार डोजर लगाएर हटाइएको छ ।

हुलाकी सडक अन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाएका कारण वर्षौँदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहुँदा स्थानीयले सास्ति खेप्दै आएका थिए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्सट्रक्सनले ठेक्का पाएको छ ।

६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डमा आउँदो जेठ ३० गते भित्र सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी अभी कन्सट्रक्सनले ठेक्का सकार गरेर सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेश कुमार यादवले जानकारी दिए।

ठेकेदार कम्पनीका संचालक दिपु साहले अबको एक महिना भित्रैमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी आफ्नो कम्पनीले काम अघि बढाउने बताए ।‘सडक निर्माणका लागि अवरोधको रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) आजैबाट काम सुरु भएको छ,’ ठेकेदार कम्पनीका साहले भने, ‘अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नै गर्ने गरि हामी काम गर्छौँ ।

Related posts

होलीका दिन बारामा १ सय ९२ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

MadhesKhabar

सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगन्जको मेनराेडमा पर्ने  सरकारी कार्यालयहरु तत्काल हटाउने निर्णय

MadhesKhabar

सिट भागबन्डामा पर्सा बारे कुनै सहमति भएको छैन : काँग्रेस सभापति क्षेत्री

MadhesKhabar

Leave a Comment