Madhes Khabar
स्थानिय हेडलाइन

नालामाथि बनेका संरचना ७ दिन भित्र हटाउन वीरगन्ज महानगरकाे निर्देशन

मधेसखबर
वीरगन्ज,२फागुन : वीरगन्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु ७ दिन भित्र हटाउन सूचना जारी गरेको छ ।

वीरगन्जका सबै क्षेत्रको सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएको सिढी, र्याम्प, छेकवार तथा आदर्शनगर क्षेत्रमा रहेका नाला माथि बनेका सबै संरचना हटाउन महानगरले ७ दिने सूचना जारी गरेको हो ।
७ दिनभित्र नहटाए महानगरले हटाउने भन्दै हटाउँदा लागेको खर्च पनि सम्बन्धित व्यक्तिबाटै असूल गर्ने पनि सूचनामा उल्लेख छ । सोमबार बसेको महानगरको भौतिक पूर्वाधार अतिक्रमण खाली गर्ने समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अहिले महानगरपालिकाले अतिक्रमति भूमी फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान नै चलाइरहेकाले महानगर भित्रका नाला तथा सडक, फुटपाथ अतिक्रमण गरी बनेका संरचना हटाउने निर्णय गरिएको समितिका संयोजक प्रदीप कुमार चौरसियाले बताए ।

Related posts

हतकडीसहित भगाइएका लामा निजगढबाट पक्राउ

MadhesKhabar

पर्सामा राष्ट्रिय भूमि आयोगको काममा सहयोग गर्ने दलहरुको प्रतिबद्धता

MadhesKhabar

हनुमान जयन्तिको शोभा यात्रमा ‘जय श्रीराम ’को नाराले गुन्जयमान बन्यो वीरगन्ज शहर (फोटो फिचर)

MadhesKhabar

Leave a Comment