काठमाडौं,२३चैत:प्रहरी प्रधान कार्यालयले बारा सहित ७ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले निकालेको सूची अनुसार बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेकाे प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ।उनकाे स्थानमा बारामा महेन्द्र खड्कालाई पठाइएको छ।
यस्तै रौतहटकाे प्रहरी प्रमुखमा दिलिप घिमिरेलाई,सर्लाहीको प्रहरी प्रमुखमा रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नुवाकोट प्रहरी प्रमुखमा शान्तिराज कोइरालाई पठाइएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो ।
यस्तै बाँकेको प्रहरी प्रमुखमा तुललबहादुर कार्कीलाई पठाइएको छ ।

