Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरका सरसफाइ कर्मचारीहरुले सडकमै फाेहाेर थुपारेर थाले आन्दोलन

वीरगन्ज,१४असार:वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।तलब बढाउनुपर्ने लगायतका मागहरु राखेर उनिहरु आन्दोलनमा उत्रिएका हुन्।

आइतबार बिहान वीरगन्जका विभिन्न चाेककाे सडकमै फाेहाेर थुपारेर उनिहरुले प्रदर्शन गरेका समेत गरेका छन्।

सरसफाइ कर्मचारीहरुकाे आन्दोलनका कारण शहरको सरसफाइसंगै फाेहाेर व्यवस्थापनसमेत प्रभावित बनेको छ।

आन्दोलनरत सरसफाई कर्मचारीहरूले दैनिक ज्याला कम्तीमा एक हजार रुपैयाँ तथा मासिक पारिश्रमिक ३० हजार रुपैयाँ कायम गर्नुपर्ने माग गरेका छन्। बढ्दो महँगीका कारण हाल प्राप्त पारिश्रमिकले दैनिक जीवनयापन गर्न कठिन भएको उनीहरूको भनाइ छ।

उनीहरूले प्रत्येक महिनाको १० गतेभित्र अनिवार्य रूपमा तलब भुक्तानी गर्नुपर्ने, श्रम ऐनअनुसार सातामा एक दिन साप्ताहिक बिदा सुनिश्चित गर्नुपर्ने तथा छठ र होलीजस्ता प्रमुख सांस्कृतिक पर्वमा विशेष बिदाको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन्।

यस्तै, कुनै कर्मचारीको परिवारमा मृत्यु वा विवाहजस्ता विशेष अवस्था परेमा १० हजार रुपैयाँ पेस्की उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, सबै सरसफाइ कर्मचारीलाई पोसाक (ड्रेस) तथा आधिकारिक परिचयपत्र उपलब्ध गराउनुपर्ने मागसमेत उनीहरूले गरेका छन्।

Related posts

पर्साकाे ओैराहामा ११ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

MadhesKhabar

पर्सा, बारा सहितका जिल्लाबाट नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिक पक्राउ

MadhesKhabar

वीरगन्जका पाउरोटी उद्योगहरुमा अनुगमन गर्दा फोहोर र म्याद गुज्रिएका पाउरोटी र केक भेटियो

MadhesKhabar

Leave a Comment