Madhes Khabar
राष्ट्रिय हेडलाइन

पर्सा, बारा सहितका जिल्लाबाट नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिक पक्राउ

काठमाडौंः२४बैशाख : पर्सा, बारा सहितका जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भएपनि उनीहरुले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले जानकारी दिए ।

उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायत समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै, बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको केसीले बताए । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरुसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ। साभार : अनलाइनखबर

Related posts

मधेस प्रदेशकै सर्वाधिक धनराशीको वीरगन्ज गोल्डकपको उपाधि फेरि पुलिसले जित्यो

MadhesKhabar

पूर्वमन्त्री यादवसंगै वीरगन्जका मेयर, ६ जना वडाध्यक्ष लगायतका नेताहरु पनि जसपा छाडेर एमाले प्रवेश

MadhesKhabar

आगामी निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय

MadhesKhabar

Leave a Comment