Madhes Khabar
शिक्षा हेडलाइन

ठाकुरराम क्याम्पसमा तालाबन्दी

मधेसखबर
वीरगन्ज, २२ कार्तिक :नेकपा एमालेको विधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिबिएको अन्तरवार्ता पुनः लिन माग गर्दै वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।

अनेरास्ववियुका क्याम्पस क्याम्पस कमिटी अध्यक्ष आशिफ अहमद र उपाध्यक्ष अरमाण हासमी नेतृत्वको समुहले क्याम्पसमा तालाबन्दी गरेको हो । बिबिएको अन्तरर्वातामा विभेद भएको भनेर आपत्ती जनाएको अनेरास्ववियुले फेरी अन्तरर्वाता लिन माग गरेको हो ।

यही कार्तिक ६ गते क्याम्पसको बिबिए भवनमा भएको अन्तरवार्तामा सबै प्रश्नको उत्तर दिँदा पनि ५ भन्दा बढी अंक नदिएको भन्दै अनेरास्ववियुले विज्ञप्तीमार्फत आपत्ति जनाइएको छ । साथै राजनीतिक पार्टीको पावरमा आएका विद्यार्थीहरुलाई १० मा १० अंक दिएर बिबिएमा नाम निकालेको आरोप पनि लगाइएको छ ।

Related posts

आँफुलाई पत्रकार बताउँदै बाराका व्यपारीहरुसंग रकम असुल्ने वीरगन्जका सर्राफ पक्राउ

MadhesKhabar

आर्थिक प्रलोभनमा परी ठगिने क्रम बढ्दो

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको पहलमा २३० जनाको आँखाको निःशुल्क शल्यकृया

MadhesKhabar

Leave a Comment