Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा कम्प्युटरको तालिम लिइरहेका ३० जना दृष्टि विहिनहरुलाई खाद्यान्न सामग्री सहयोग

वीरगन्ज,१०जेष्ठःवीरगन्जमा कम्प्युटरको आवासीय तालिम लिइरहेका दृष्टिविहिनहरुलाई एक परोपकारी संस्थाले खाद्यान्न सामग्री सहयोग गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित सामुदायि भवनमा लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रको समन्वयमा समृद्ध समाजका लागि युवा सशक्तीकरण वीरगन्जले आयोजना गरेको ४० दिने आवासीय तालिममा ३० जना दृष्टिविहिनहरु सहभागी छन् ।

उनिहरुलाई ४० दिनको आवासीय तालिममा आवश्यक पर्ने खाद्यान्न सामग्री उपकार सेवा नेपालले सहयोग गरेको हो । संस्थाका अध्यक्षा विद्या सरावगीसहितको टोलीले तालिम भइरहेकै स्थानमा पुगेर चामल,दाल,खाने तेल, आलु, प्याज, नून, बिस्कुट, सोयाबिन लगायतका खाद्याान्न सामग्री आयोजक संस्थाका उपाध्यक्ष महेश साहलाई प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

त्यसअवसरमा उपकार सेवा नेपालका सदस्यहरु सुमन बगेडिया र अंकुर शर्मा, सामाजिक अभियन्ता प्रकाश थारु लगायतकोेपनि उपस्थिती थिथयो ।

Related posts

वीरगन्जका उद्योगीसंग अर्थमन्त्री वाग्लेले भने : नयाँ बजेट आर्थिक रुपान्तरणसंगै निजी क्षेत्र मैत्री आउँछ

MadhesKhabar

बिरामीको स्वास्थ्यसंग गम्भीर खेलबाड : म्याद सकिन लागेका औषधि खरिद गर्छ नारायणी अस्पताल

MadhesKhabar

महावीर पुनले चलाएको वीरगन्ज कृषि औजार कारखानाबाट १७ लाखका औजार बिक्री

MadhesKhabar

Leave a Comment