Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा कम्प्युटरको तालिम लिइरहेका ३० जना दृष्टि विहिनहरुलाई खाद्यान्न सामग्री सहयोग

वीरगन्ज,१०जेष्ठःवीरगन्जमा कम्प्युटरको आवासीय तालिम लिइरहेका दृष्टिविहिनहरुलाई एक परोपकारी संस्थाले खाद्यान्न सामग्री सहयोग गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित सामुदायि भवनमा लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रको समन्वयमा समृद्ध समाजका लागि युवा सशक्तीकरण वीरगन्जले आयोजना गरेको ४० दिने आवासीय तालिममा ३० जना दृष्टिविहिनहरु सहभागी छन् ।

उनिहरुलाई ४० दिनको आवासीय तालिममा आवश्यक पर्ने खाद्यान्न सामग्री उपकार सेवा नेपालले सहयोग गरेको हो । संस्थाका अध्यक्षा विद्या सरावगीसहितको टोलीले तालिम भइरहेकै स्थानमा पुगेर चामल,दाल,खाने तेल, आलु, प्याज, नून, बिस्कुट, सोयाबिन लगायतका खाद्याान्न सामग्री आयोजक संस्थाका उपाध्यक्ष महेश साहलाई प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

त्यसअवसरमा उपकार सेवा नेपालका सदस्यहरु सुमन बगेडिया र अंकुर शर्मा, सामाजिक अभियन्ता प्रकाश थारु लगायतकोेपनि उपस्थिती थिथयो ।

Related posts

पर्सा-३ बाट कांग्रेसद्वारा पूर्वमन्त्री चाैधरी र क्षेत्रीसहित ५ जनाकाे नाम सिफारिस

MadhesKhabar

लागू औषध तस्करीको सञ्जाल तोड्दै पर्सा प्रहरी, ३१९ केजी चरेससहित एक जना पक्राउ

MadhesKhabar

पटेर्वासुगाैलीमा ब्रम्हलुट : काेभिड नभएकै बेला चार कर्मचारीले बुझे ६ लाख बढी जाेखिम भत्ता

MadhesKhabar

Leave a Comment