Madhes Khabar
समाज हेडलाइन

करोडौँ मुल्य पर्ने जग्गा टिबडेवालद्धारा वीरगन्ज महानगरलाई दान

वीरगन्ज, ३० जेष्ठ : वीरगन्ज महानगरपालिका वडा नम्वर ८ का प्रेम कुमार टिबडेवालले २६ धुर जग्गा वीरगन्ज महानगरलाई दान गरेका छन् ।

वडा नम्बर ८ स्थित वीरगन्ज पब्लिक कलेज अगाडी रहेको मन्दिरसहितको जग्गा टिबडेवालले मंगलबार महानरलाई रजिष्ट्रेसन पास गरेर हस्तान्तरण गरेका हुन् । जिल्ला मालपोत कार्यालय पर्सामा मंगलबार रजिष्ट्रेसन पास गरेर टिबडेवालले महानगरलाई लालपुर्जा हस्तान्तरण गरेको मेयर राजेशमान सिंहले बताए ।

मालपोतमा लाग्ने लाभकरसमेत आफैंले तिरेर टिबटेवालले अहिलेको बजार मूल्य अनुसार करिब ५ करोड भन्दा बढी मूल्यको जग्गा महानगरलाई दान गरेको सिंहले बताए ।जग्गाको लालपूर्जा मेयर सिंहलाई हस्तान्तरण गर्दै टिबडेवालले खुल्ला स्थान नरहेको स्थानमा नागरिकलाई सहज होस भनेर सार्वजनिक प्रयोगका लागि आफूले महानगरको नाममा जग्गा उपलब्ध गराएको बताए ।

विगतमा सार्वजनिक हितका लागि नै मन्दिर बनाएर उक्त जग्गा प्रयोग भइरहेको र आउने दिनमा झनै व्यवस्थित गर्दै महानगरले पार्क बनाइदियोस भन्ने आफूहरुको धारणा रहेको पनि उनले बताए ।‘हामीले त यो जग्गा पब्लिक प्रयोगकै लागि राख्ने भनेर पहिलेदेखि मन्दिर बनाएर छाडेका थियौँ,’ उनले भने, ‘त्यसलाई अझै व्यवस्थित बनाइयोेस् भनेर अहिले महानगरलाई हस्तान्तरण गरेका हौँ ।’

महानगरको नाममा रजिष्ट्रेसन गरिएको जग्गा धनिपुर्जा ग्रहण गर्दै मेयर सिंहले सार्वजनिक हितका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता टिबडेवाललाई दोसल्ला ओढाएर सम्मान गरे ।

कतिपय व्यक्ति सार्वजनिक जग्गा अतिक्रमण गरेर प्रयोग गर्न उद्धत भइरहेको अवस्थामा टिवडेवालले करोडौँ मुल्य पर्ने जग्गा सार्वजनिक प्रयोगका लागि महानगरलाई दिनु सह्रानीय कार्य रहेको भन्दै मेयर सिंहले टिबडेवाल सबैका लागि उदाहरणीय बनेको पनि बताए ।

वडा नम्वर ८ का वडाध्यक्ष रितेश कुमार गुप्ताको सक्रियतामा मंगलबार जग्गा दाता टिबडेवालले जग्गा नामसारी गरेर महानगरको नाममा रजिष्ट्रेसन गरेर हस्तान्तरण गरेका हुन् ।

Related posts

जनस्वास्थ्यमा वीरगन्ज महानगरको ध्यान : १० हजार बढिले घरदैलोमै पाए निःशुल्क उपचार

MadhesKhabar

तपाईको टोलमा पानीको समस्या छ भने १८१०५०००२१७ मा फोन गर्नुस् ,टोलमै आइपुग्छ टंयाकर

MadhesKhabar

वीरगन्ज महानगरकाे सफाइमा डिजिटल क्रान्ति,गृहिणी महिलाहरु पनि जागरुक बन्दै

MadhesKhabar

Leave a Comment