Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा हिन्दु,मुस्लिम,मधेसी,पहाडी लगायतका समुदायले सामुहिक रुपमा लगाए भाईटीका

वीरगन्ज,२९ कार्त्तिक: वीरगन्जमा विभिन्न जात, धर्म र समुदायकाे सहभागीतामा `सामुहिक भाईटीका´ मनाइएकाे छ।
बुधबार यमपञ्चककाे अन्तिम दिन वीरगन्ज महानगरपालिकाकाे प्रायोजन तथा न्यूज २४ टेलिभिजनको आयाेजनमा  ‘सामुहिक भाईटिका’ मनाइएको हाे ।
आदर्शनगर स्थित पुरानो बसपार्क परिसरमा आयाेजित सामुहिक भाईटीका कार्यममा हिन्दु, मुस्लिम,मधेसी, पहाडी, थारु, मारवाडी तथा मैथली समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा भेला भई फरक फरक जाती र समुदायका दिदीबहिनीहरुकाे हातबाट सामुहिक रुपमा भाईटिका लगाएका हुन् ।
भाईटिका पहाडी समुदायको विशेष पर्व रहेपनि मधेसी,थारु, मारवाडी लगायतका समूदायलाई एकै ठाउँमा राखी एकआपसमा सद्भाव कायम राख्ने उद्देश्यले सामुहिक भाईटीका लगाइएकाे आयाेजक न्यु २४ टेलिभिजनका केन्द्रीय ब्युराे प्रमुख राजु श्रेष्ठले बताए।
कार्यक्रममा सहभागी भई भाईटीका लगाएका पर्सा क्षेत्र नंबर १ का सांसद प्रदीप यादवले यस कार्यक्रमले एक अर्काको समुदायबीच भाइचारा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष गणेश लाठले विभिन्न जातजाति, धर्मका व्यक्तिहरु एकै ठाउँमा बसेर हर्षोल्लासका साथ भाईटिका मनाउन पाँउदा गर्भान्वित महसुस भएको बताए ।लाठले भने,हाम्रो समाजमा आमाबुवा, भाईबहिनीको सम्बन्धलाई गाँस्ने पर्व त्याेहारहरुलाई विर्सनु हुँदैन र हामी सबै मिलेर मनाउनुपर्छ भन्ने सन्देश याे कार्यक्रमले दिएको छ ।´
कार्यक्रममा सहभागी सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्रदेश सांसद जितेन्द्र सोनल, वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, लाेसपा नेता नेजामुद्दिन समानी,कांग्रेस नेता महम्मद साहबुदिन, प्रहरी नायब उपरीक्षक ध्रुव श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ लगायतलेपनि भाईटीका लगाएका थिए।

Related posts

‘जेनजी’ आन्दोलनमा मधेसका पालिकाहरुमा अर्बौको क्षति : सेवा प्रवाहमा समस्या,सेवाग्राहीलाई सास्ती

MadhesKhabar

सरकार विरुद्ध वीरगन्जका उद्योगी व्यपारी सडक आन्दोलनामा

MadhesKhabar

वीरगन्जमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती, अनुगमन गर्ने निकाय मुकदर्शक

MadhesKhabar

Leave a Comment