Madhes Khabar
स्थानिय

पर्साकाे जिराभवानीमा माेटरसाइकल दुर्घटना हुदाँ एक जनाकाे मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,१६कात्तिक :पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ मा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–५ सखुवनियाका ४५ वर्षीय सन्जय खवास रहेका छन्।

जीराभवानी गाउँपालिका–५ स्थित सडकमा आइतबार राति खवासदआँफैले हाकेकाे बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियाे ।

दुर्घटनामा मोटरसाइकल चालक खवाि गम्भीर घाइते भएका थिए ।

घाइते खवासलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ल्याइएको र त्यहीँ उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

Related posts

पोखरियामा प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै लोसपाले बुझायो ज्ञापनपत्र

MadhesKhabar

प्रदेश सांसद कुर्मिद्वारा सिर्सिया सडकको शिलन्यास

MadhesKhabar

वीरगन्ज–५ का वडाध्यक्ष चौरसियाको सरहानीय काम :लाभग्राहीहरुको घरघरमै पुगेर गरे नविकरण

MadhesKhabar

Leave a Comment