वीरगन्ज,३ भदौं : वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा रहेका सामाजिक सुरक्षा भत्ताको लाभ लिदैं आएका असक्त बृद्धबृद्धा,अपांगता भएका लाभग्राहीहरुको घरमै वडाका जनप्रतिनिधी र कर्मचरीहरु पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण गरेका छन् ।सोमबार वडाध्यक्ष प्रदीप चौरसियासहितको टोलीले त्यस्ता लाभग्राहीहरुको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण गरेको हो ।
सामामजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको काजगात अनिवार्य रुपमा बायोमेट्रिक भेरिफिकेसनद्वारा नविकरण गर्नुपर्ने भएकाले वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा वडा कार्यालयमा आउन नसक्ने शारिरिक रुपमा असशक्त वा बिरामी रहेका लाभाग्राहीहरुको घरघरमै पुगेर नविकरण गरिएको वडाध्यक्ष चौरसियाले बताए ।
सोमबार २६ जना त्यस्ता लाभग्राहीहरुको घरमै पुगेर नविकरण गरिएको उनले बताए । आफ्नो वडामा सामाजिक सुरक्षा भत्तको लाभ लिइरहेका २५६ जना लाभग्राही रहेको जानकारीपनि उनले दिए ।
सोमबार सलाभग्राहीहरुको घरघरमै पुगेर नविकरण गर्ने टोलीमा आँफुसंगै वीरगन्ज महानगरपालिकाको पञ्जिकरण शाखाकी प्रमुख बुद्धिमाया थापा, वडा कार्यालयका सचिव अरुण बस्नेत, कम्पुटर अपरेटर करिना श्रेष्ठ, आशीष कुशवाहा,सन्जु दहाल, मनोज साह, वडासदस्यहरु मन्जु परियार, रुस्तम अलि लगायतकाको सहभागिता रहेको वडाध्यक्ष चौरसियाले जानकारी दिए ।

