वीरगन्ज, ६ असोज:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हरियाली बनाउन चोकचोक र खाली स्थानमा वृक्षारोपण गर्न सबै सँग आग्रह गरेका छन्।
‘सफा वीरगन्ज, स्वच्छ वीरगन्ज’ बनाउने अभियानमा लागि परेको भन्दै उनले महानगरले समेत अहिले वृक्षा रोपणलाई तिब्रता दिएको र यसमा सबै क्षेत्रले साथ र सहयोग गर्नु पर्नेमा जोड दिए ।
एलाइड युथ सोसाइटी र पहिलो पाइला नेपालको संयुक्त आयोजनामा वीरगन्जको रजत जयन्ती चोकमा शनिबार आयोजित वृक्षारोपण कार्यक्रममा सहभागि हुँदै उनले युवाहरु जस्तै सबै क्षेत्रको साथ भए वीरगन्जलाई वैभव बनाउन समय नलाग्ने बताए ।
कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्य, ससस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह, विभिन्न संघसस्थाका प्रतिनिधि, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, पहिलो पाइला नेपालका उपाध्यक्ष राज साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

