Madhes Khabar
स्थानिय

वीरगन्जमा २० जना युवाले लिए मोबाईल मर्मतको ४५ दिने तालिम

मधेसखबर
वीरगन्ज,५फागुन : वीरगन्जमा पारस सीप विकास केन्द्रले आयोजना गरेको तालिममा २० जना युवाले मोबाईल मर्मत सम्बन्धि तालिम लिएका छनन् ।वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा सन्चालित ४५ दिने तालिम शुक्रबार सकिएको हो ।

शुक्रबार तलिम समापन समारोहमा बोल्दै वीरगन्ज महानगरपालिकाका उप–उपमेयर इम्तियाज आलमले तालिमबाट सिकेको सीपलाई आय आर्जनमा सदुपयोग गर्न तालिममा सहभागीहरुलाई सुझाव दिए।उनले सीप सिक्ने र सिकाउने काम प्रत्यक्ष जीवनसंग जोडिएकोले यस प्रकारका तालिम प्रदान गर्ने विषयमा वीरगन्ज महानगरको सधैं सकारात्मक भुमिका रहने प्रतिबद्धता पनि जनाए । उप–मेयर आलमले तालिम केन्द्र मार्फत कार्यालयमा अन्य तालिमहरुको अपेक्षा राखेको भन्दै मोबाइल मर्मत तालिमको ब्यवस्थाका लागि धन्यवाद ज्ञापन पनि गरे ।

तालिमको समापन समारोहमा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार प्रदान पनि गरिएको थियो । उपपमेयर आलमकै प्रमुख आतिथित्यतामा भएको कार्यक्रममा उपमेयर आलमका स्वकिय सचिव शेष हजरा, वीरगन्ज महानगरपालिकाका कर्मचारी कमल महतो, नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो।

Related posts

दसैं अवधिमा पर्सामा २२ सवारी दुर्घटना , दुईकाे मृत्यु ,३८ घाइते

MadhesKhabar

वीरगन्जका ग्रामीण भेगका वडाहरुको पनि विकास गर्न महानगर प्रतिबद्ध छ : उपमेयर आलम

MadhesKhabar

पचरौता ४ का वडाध्यक्ष यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment