
मधेसखबर
वीरगन्ज,५फागुन : वीरगन्जमा पारस सीप विकास केन्द्रले आयोजना गरेको तालिममा २० जना युवाले मोबाईल मर्मत सम्बन्धि तालिम लिएका छनन् ।वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा सन्चालित ४५ दिने तालिम शुक्रबार सकिएको हो ।
शुक्रबार तलिम समापन समारोहमा बोल्दै वीरगन्ज महानगरपालिकाका उप–उपमेयर इम्तियाज आलमले तालिमबाट सिकेको सीपलाई आय आर्जनमा सदुपयोग गर्न तालिममा सहभागीहरुलाई सुझाव दिए।उनले सीप सिक्ने र सिकाउने काम प्रत्यक्ष जीवनसंग जोडिएकोले यस प्रकारका तालिम प्रदान गर्ने विषयमा वीरगन्ज महानगरको सधैं सकारात्मक भुमिका रहने प्रतिबद्धता पनि जनाए । उप–मेयर आलमले तालिम केन्द्र मार्फत कार्यालयमा अन्य तालिमहरुको अपेक्षा राखेको भन्दै मोबाइल मर्मत तालिमको ब्यवस्थाका लागि धन्यवाद ज्ञापन पनि गरे ।
तालिमको समापन समारोहमा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार प्रदान पनि गरिएको थियो । उपपमेयर आलमकै प्रमुख आतिथित्यतामा भएको कार्यक्रममा उपमेयर आलमका स्वकिय सचिव शेष हजरा, वीरगन्ज महानगरपालिकाका कर्मचारी कमल महतो, नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो।

