Madhes Khabar
स्थानिय

वीरगन्जका ग्रामीण भेगका वडाहरुको पनि विकास गर्न महानगर प्रतिबद्ध छ : उपमेयर आलम

वीरगन्ज,१९ चैत : वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले वीरगन्ज महानगरका शहरीसंगै ग्रामीण भेगका वडाहरुको पनि विकास गर्न महानगरपालिकाले काम गरिरहेको बताएका छन् ।

वीरगन्ज १ कोन्हीया स्थित लक्ष्मी देवी बाबुलाल हँसवाहिनी माध्यमिक विद्यालयमा आइतबार बसेको व्यवस्थापन समितिको बैठकमा प्रमुख अतिथीका रुपमा सहभागी उपमेयर आलमले महानगरका ग्रामीण भेगका वडाहरुको पनि विकास गर्न महानरपालिका प्रतिबद्ध रहेको बताए ।

वीरगन्जको वडा नम्बर ३० र ३१ , महानगरपालिकामा परेपनि अहिलेसम्म ग्रामिण भेग जस्तै रहेको भन्दै उनले दुवै वडालाई शहरीभेगसँग जोडेर दुवै वडामा पूर्वाधार विकास गर्न आवश्यक रहेको र महानगरपालिकाले त्यसको लागि आवश्यक गृहकार्य सुरु गरिसकेको जानकारी दिए ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा शहरी क्षेत्रभन्दा पनि ग्रामिण भेगका वडाहरुलाई थप व्यवस्थित र विकसित बनाउने योजना ल्याउन लागेको जानकारी पनि उनले गराए ।

बैठकमा विद्यालय व्यस्थापन समितिका अध्यक्ष नवल किशोर सिंहले गर्मीयाम सुरु भएको कारण विद्यालयमा पंखाको व्यवस्थापन गरिदिन उपमेयर आलमसँग आग्रह गरे । अध्यक्ष सिंहको आग्रहलाई स्वीकार गर्दै उपमेयर आलमले महानगरबाट छिटोभन्दा छिटो पंखाको व्यवस्थापन गरिने प्रतिबद्धता जनाए ।

बैठकमा विद्यालयका संस्थापक अध्यक्ष डाक्टर भगवान प्रसाद यादव, वीरगन्ज ३१ वडाध्यक्ष जितेन्द्र प्रसाद यादव, वीरगन्ज ३० का वडाध्यक्ष मनोज यादव, द्यिालयका प्रधानाध्यापक राजुकुमार मालि लगायातको पनि उपस्थिती थियो ।

 

Related posts

वीरगन्जलाई डुबानबाट जाेगाउन अतिक्रमण हटाएर मुख्य नालाकाे सरसफाइ गरिदैं

MadhesKhabar

वीरगन्जको यातायात कार्यालयमा कर्मचारीको दादागिरी : सरुवा भएको कार्यालयमा जान मान्दैनन्

MadhesKhabar

भुमीहिनहरुको व्यवस्थापनका लागि वीरगन्जका जनप्रतिनिधी र कर्मचारीलाई अभिमुखीकरण

MadhesKhabar

Leave a Comment