वीरगन्ज,१३भदाैं :वीरगन्जमा भोलि (शनिबार)हुन लागेको वृहत महिला सम्मेलनको सम्पुर्ण तैयारी पुरा भएको छ।वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको बृहत् महिला सम्मेलनमा मधेस प्रदेश अन्तर्गतको पर्सा र बाराका विभिन्न क्षेत्रमा आफ्नो उधम मार्फत कृयाशिल तर ओझेलमा परेको महिलाहरुलाई समेट्ने ,समावेश गर्ने र विभिन्न विषयमा आफ्नो अनुभव आदान प्रदान गर्ने वातावरण सृजना ना गर्ने प्रयास गरिएको संघका अध्यक्ष हरि गौतमले जनाएका छन्।
सम्मेलनकाे तयारी बारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा उनले भने,` हामीले उद्योगग वा उद्योग वाणिज्य संघ भन्ने वितिक्कै पुरुषहरुको वर्चश्व रहेको क्षेत्र मानिसहरुको बुझाईमा छ। यी यस्ता कुरा र क्षेत्रमा महिलाहरु पनि छन् र उनीहरु पनि आफ्नो लागि आफै केही गर्न सक्षम छन् भनेर महिलाले नै महिलाको लागि केही गरुन् भन्ने यो सम्मेलनको सबै जिम्मेवारी कृयाशिल महिलाहरु नै दिईएको छ । हामीले मात्रै साथ दिएका हौँ । सहजीकरण गरीरहेका छौँ । बाकी सबै जिम्मेवारी भने यो सम्मेलनका लागि संघ अन्तर्गत नै गठन गरीएको २७ सदस्यीय महिला उधमशिलता विकास समितिले नै गरीरहेको छ।´
उनले थपे , `यो सम्मेलनमा आदान प्रदान हुने महत्वपुर्ण अनुभव , सल्लाह र सुझाव सबैका लागि आवश्यक छ । यो सम्मेलन अर्थात यो कार्यक्रम अन्तिम होईन महिलाको उधमशीलता विकासको अभियानको सुरुवात हो ।´संघका अध्यक्ष गौतमले यो सम्मेलनको तैयारी महिलाको समुहले नै गरिरहेकोले समाजका हरेक तह र तप्काका तथा हरेक क्षेत्रका महिलाहरुलाई अगाडी बढाउन , उनीहरुलाई नेतृत्व तहसम्म ल्याउन र खासगरी मधेसका महिलारुको विकासका लागि कोसेढुंगा सावित हुनेमा आफु विश्वस्त रहेको बताए।
महिला उद्यमशीलता विकास समितिकी अध्यक्ष डा.लक्ष्मी थापाले महिला सम्मेलनबारे जानकारी गराउँदै कार्यक्रममा ग्रामीण देखी शहरसम्म विभिन्न क्षेत्रमा विगत लामो समयदेखी आफ्नो जिम्मेवारी निर्वाह गरीरहेका तथा समाजका महिलाहरुको मुद्धामा कार्य गर्न सकृय तथा कृयाशिल २५ जना महिलाहरुलाई कार्यक्रमकी प्रमुख अथिति पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी मार्फत सम्मान गर्ने कार्यक्रम समेत रहेको बताईन् ।
उनले भनिन् , `हामी महिलाहरुको समुहले महिलाहरुकै लागि केही नयाँ र वृहत सोचका साथ यो सम्मेलन मार्फत एक अभियानको सुरुवात गर्ने तर्फ लागेको र यसको लागि अहोरात्र खटेर सम्पुर्ण तैयारी पनि पुरा भएको छ । सम्मेलनमा महिला उद्यमशीलता प्रवद्र्धन, व्यावसायिक अवसरहरू, नेतृत्व क्षमता अभिवृद्धि तथा अनुभव आदान–प्रदानसम्बन्धी विस्तृत छलफल हुनेछ ।´
त्यस्तै सम्मेलनका लागि सहजकर्ता अनुप अग्रवालले गाउँदेखी शहरसम्मका महिलाहरुलाई समेट्ने अभियानले गर्न लागिएको यो सम्मेलनमा करीब ७ देखी ८ लाख रुपैयासम्म खर्च लाग्ने अनुमान गरिएकाे छ ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनालले समावेशी समाज निर्काणका लागि महिला नेतृत्व आवश्यक रहेको महिलालाई नेतृत्वमा स्थापित गर्नका लागि यस्ता सम्मेलन र कार्यक्रमको आयोजना हुन आवश्यक रहेको बताए ।उनले महिलाहरु सामाजिक , आर्थिक , राजनीतीक हरेक तह तथा निती निर्माणमा पनि आफ्नो पहुँच पुर्याउन उतिक्कै आवश्यक रहेको बताए ।
कार्यक्रमको सहजीकरण गरेका वीरगन्ज उधोग वाणिज्य संघका मनोज उपाध्यायले समाजका हरेक महिलाको आफ्नो पहिचान स्थापित हुनुका साथै सम्मान दिलाउन र उठेका विभिन्न सवालहरुको सम्बोधनका लागि यो सम्मेलनले सहयोग गर्ने विश्वास लिईएको बताए ।

