Madhes Khabar
स्थानिय

बारामा एक महिला बलात्कृत

सांकेतिक फाेटाे

बारा,१५पुष:बारामा एक जना महिला बलात्कृत भएकी छन् ।

बारागढी गाउँपालिका – ४ निवासी ३५ वर्षीय श्याम साह तेलीले घरमा कोही नभएको मौका छोपी स्थानीय २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटना प्रकाशपिमा आएकाे हाे।पिडित महिलाले आफुलाई तेलीले घरमा कोही नभएको बेला आफूसँग करणी गरेको बताएकी छन् ।

पीडित भनिएकी महिला केही समयदेखि माइतीघरमा बस्दै आएकी थिइन् । आमा लगायत घरका अन्य सदस्य बाहिर गएको बेला तेलीले आफूसँग बलात्कार गरेको उनको आरोप छ ।

यहि पुस ३ गते तृलीले घरमा प्रवेश गरी बलात्कार गरेर फरार रहेको बताउँदै पीडित महिलाले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा पुस ५ गते किटानी जाहेरी समेत दिएकी छन् ।

प्रहरीले पीडित भनिएकी महिलाको कलैयास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँच गराएर अनुसन्धान अगाडि बढाएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

Related posts

मुआब्जा माग गर्दै अलौंका स्थानीयले मेयर सिंहलाई बुझाए ज्ञापन

MadhesKhabar

बाराको मालपोत कार्यालयमा प्रशासनको छड्के अनुगमन,मालपोत अधिकृतसहित १७ कर्मचारी गयल

MadhesKhabar

पर्साको जमुनियाका आगलागी पिडित परिवारलाई प्रभु अस्पतालको सहयोग

MadhesKhabar

Leave a Comment