Madhes Khabar
स्थानिय

पोखरियामा प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै लोसपाले बुझायो ज्ञापनपत्र

मधेसखबर
वीरगन्ज,२०बैशाख : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पर्साको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै बुधबार ज्ञापनपत्र बुझाएको छ ।नगरपालिका कार्यालय करिब १ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुदाँ कार्यालयका आर्थिक कारोबार ठप्प भएको र यसले भौतिक पुर्वाधार निर्माण लगायतका कामकाजमा असर परेको भन्दै लोसपाले ज्ञापनपत्र बुझाएको हो ।

लोसपाका नेता निजामुद्धिन समानी नेतृत्वको टोलीले नगरपालिकाको कार्यालयमा पुगेर निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय झालाई ज्ञापनपत्र बझुाएको हो ।

नेता समानीका अनुसार , नगरपालिका कार्यालयका यसअघिका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीको सरुवा भएयता संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन । जसका कारण नगरपालिका कार्यालयको आर्थिक काराबार नै ठप्प छ । आर्थिक कारोबार ठप्प हुदाँ नगरपालिकाबाट हुने भौतिक पूर्वाधार निर्माणका कामहरु रोकिएको , नयाँ योजनाहरुको सम्झौता हुन ननसकेको , पोखरिया अस्पतालमा औषधी सकिएको भएपनि खरिद गर्न नसकिएको , सामाजिक सुरक्षा भत्ता वितरण पनि रोकिएको लगायतका समस्याहरु रहेको समानीले बताए ।

त्यसका कारण यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृत नगरपालिका कार्यालयमा पठाइदिन आग्रह गर्दै बुधबार ज्ञापनपत्र बुझाइएको समानीले बताए ।
,

Related posts

गढीमाई मन्दिरमा भक्तजनको सुनको सिक्री चोर्ने पर्साका ३ जना चोर पक्राउ

MadhesKhabar

कुर्मी सशक्तीकरण मञ्च पर्साकाे अध्यक्षमा दीपक पटेल चयन

MadhesKhabar

माग सम्बोधन नभए आन्दोलन गर्ने पर्साका सरकारी कर्मचारीहरुको चेतावनी

MadhesKhabar

Leave a Comment