Madhes Khabar
स्थानिय

पर्साकाे जिराभवानीबाट ३० केजी गाँजासहित माेटरसाइकल बरामद,तस्कर फरार

प्रमोद यादव
पर्सा,३२जेष्ठ:पर्साकाे दुई छुट्टाछुट्टै ठाउँबाट शुक्रबार प्रहरीले लागु ओैषध गाँजासहित एउटा माेटरसाइकल बरामद गरेकाे छ।

जिराभवानी गाउँपालिका जिराभवानी गाँउपालिका वडा नम्बर १ स्थित बैरिया खोलाबाट प्रहरीले २० केजी गाँजासहित बीआर २२ वाई ६३४९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकल बरामद गरेकाे छ।तस्करले उक्त मोटरसाइकलमा राखेर भारततर्फ लगिरहेको अवस्थामा प्रहरीले राेकेर नियन्त्रणमा लिन खाेज्दा गाँजाहितकाे मोटरसाइकल छाडेर फरार भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक माेहनजंग थापा बुढाले बताए ।

यस्तै जिराभवानी गाउँपालिकाकै वडा नम्बर ४ एहरवागाछी भन्ने ठाँउबाटपनि प्रहरीले बेवारिसे अवस्थामा भेटिएको १० केजी गाँजा बरामद गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

बरामद गाँजा र माेटरसाइकल ईलाका प्रहरी कार्यालयमा पटेर्वा सुगौलीमै राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ !

Related posts

वीरगन्जकाे ड्राइपाेर्ट चाेकमा ट्रकको ठक्करबाट एक बृद्धकाे मृत्यु

MadhesKhabar

पकहाँमैनपुर गाँउपालिकामा बल्ल तात्यो विपक्षी दल : ६ बुँदे सूचना माग्दै प्रशासनमा ज्ञापनपत्र

MadhesKhabar

विपी उद्यानको जग्गा खाली गराउन वीरगन्ज महानगरले फेरि चलायो डोजर

MadhesKhabar

Leave a Comment