Madhes Khabar
स्थानिय

बाराको बरियापुुरमा सडकमै शव राखेर प्रदर्शन

बारा,४फाल्गुनःबारामा अज्ञात सवारीसाधनले ठक्कर दिएका घाइतेको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र गाँउलेले सडकमा शव राखेर प्रदर्शन गरेका छन् ।

अज्ञात सवारीसाधनले ठक्कर दिएर सख्त घाइते भएका महागढीमाई नगरपालिका वडा नम्बर २ का हरेन्द्र मिश्राको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र गाँउलेले हुलाकी राजमार्गअन्तर्गत इनर्वा चोकमा शव राखेर प्रदर्शन गरेका हुन् । ठक्कर दिएर फरार रहेको सवारीसाधनको पहिचान हुनुपर्ने, मृतकलाई क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाही हुनुपर्नेजस्ता माग आफन्तले राखेका छन् ।

सरस्वती पूजाका दिन बुधबार पूजाका लागि साइकलमा कलैया जाँदै गरेका मिश्रालाई बरियापुरको चेकपोष्ट नजिकै अज्ञात गाडीले ठक्कर दिएको थियो ।

Related posts

पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा वीरगन्जमा प्रदर्शन

MadhesKhabar

वीरगन्जमा सार्वजनिक जग्गा उत्खनन गर्ने ३ टिपर र १ स्काभेटर महानगरको नियन्त्रणमा

MadhesKhabar

वीरगन्जमा प्रहरीद्वारा छापा मारेर चार कराेड ७७ लाख बढीकाे १८०० बाेरा सुपारी बरामद

MadhesKhabar

Leave a Comment