Madhes Khabar
स्थानिय

बाराको बरियापुुरमा सडकमै शव राखेर प्रदर्शन

बारा,४फाल्गुनःबारामा अज्ञात सवारीसाधनले ठक्कर दिएका घाइतेको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र गाँउलेले सडकमा शव राखेर प्रदर्शन गरेका छन् ।

अज्ञात सवारीसाधनले ठक्कर दिएर सख्त घाइते भएका महागढीमाई नगरपालिका वडा नम्बर २ का हरेन्द्र मिश्राको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र गाँउलेले हुलाकी राजमार्गअन्तर्गत इनर्वा चोकमा शव राखेर प्रदर्शन गरेका हुन् । ठक्कर दिएर फरार रहेको सवारीसाधनको पहिचान हुनुपर्ने, मृतकलाई क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाही हुनुपर्नेजस्ता माग आफन्तले राखेका छन् ।

सरस्वती पूजाका दिन बुधबार पूजाका लागि साइकलमा कलैया जाँदै गरेका मिश्रालाई बरियापुरको चेकपोष्ट नजिकै अज्ञात गाडीले ठक्कर दिएको थियो ।

Related posts

वीरगन्ज महानगरको ल्याबमा गरिएको पानी परीक्षणमा हैजा फैलाउने जीवाणु फेला परेन

MadhesKhabar

पर्साको ग्रामीण भेगमा सरकारी कार्यालयहरुको सेवा विस्तार गर्न धोबिनीका स्थानीयको माग

MadhesKhabar

आतंकवादविरुद्धको लडाईमा वीरगन्ज महानगरका मेयर सिंहले जनाए समर्थन

MadhesKhabar

Leave a Comment