वीरगन्ज,१०चैत:नेपाल नेत्र ज्योती संघ पर्सा जिल्ला शाखाको २० औ वार्षिक साधारण सभा शनिबार वीरगन्जमा सम्पन्न भएको छ।गीता मन्दिरको सभाहलमा संघका पर्सा सभापति भगवती प्रसाद चौधरीको अध्यक्षतामा आयाेजित साधरणसभाकाे उद्घाटन संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलले तुलसीकाे बाेटमा पानी हालेर गरेका थिए ।
मदन प्रसाद गुप्ताले स्वागत र मधु राणाले शुभकामना मन्तव्य व्यक्त गरेकाे कार्यक्रममा सचिव सीताराम उपाध्यायले आर्थिक वर्ष २०७९/०८० प्रगति प्रतिवृदन र काेषाध्यक्ष दिपिका श्रेष्ठले आय-व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए।यस्तै डाक्टर नितिन तुल्स्यानले आँखा अस्पताल सम्बन्धि प्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थागत विकासमा योगदान पुर्याए बमपत इश्वरचन्द्र गौतमलाई दोशल्ला ओढाएर सम्मानित गरिएको थियो।
कार्यक्रममा संघका केडिया आँखा अस्पतालका अध्यक्ष राजेश केडिया, डा.सुमन प्रसाद, डा. प्रमोद सरार्फ, दिनानाथ प्रसाद, गणेश प्रसाद साह, मधुसूदन उपाध्याय, महन्थ प्रसाद यादव, फुलमहम्मद मिया, सन्तोष जायसवाल, सुनिता देवी, समिता दास, प्रकाश वर्मा, उदय राज शर्मा, रितेश गुप्ता, अरुण महतो, बिनय राज गौतम, अन्जलि चौधरी,राजन श्रीवास्तव लगायतको उपस्थित रहेको संघका मधेस प्रदेश उपाध्यक्ष उमेस गुप्ताले जानकारी दिए।

