Madhes Khabar
स्थानिय

ठाेरीमा लगाईएकाे १५ सय गाँजाकाे बाेट प्रहरीले गर्याे नष्ट

वीरगन्ज,४माघ:पर्साकाे ठाेरीमा लुकिछिपी लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेकाे छ।ठाेरी गाँउपालिका वडा नम्बर २ रामनगर र बुद्धनगरमा लगाईएकाे गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेकाे हाे ।

ईलाका प्रहरी कार्यालय ठाेरीबाट खटिएको १० जना प्रहरीकाे टाेलीले दुई कठ्ठा १० धुर जग्गामा लगाइएकाे करिब १ हजार ५ सय वटा गाँजाकाे बाेट फडानी गरी नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उक्त गाँजा खेती गर्ने व्याक्तिहरुकाे पहिचान गरी उनिहरुकाे खाेजी भईरहेकाे पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

Related posts

पत्रकारिताको जग बलियो बनाउन महानगर सहयोग गर्न तयार छ : मेयर सिंह

MadhesKhabar

बेल्वामा व्यक्तिले कब्जा गरेको २ बिघा सार्वजनिक जग्गा वीरगन्ज महानगरले ल्यायो आफ्नो अधिनमा

MadhesKhabar

वीरगन्जबाट सालको गोलीया काठ सहित महत्तो पक्राउ

MadhesKhabar

Leave a Comment