Madhes Khabar
स्थानिय

वीरगन्जबाट सालको गोलीया काठ सहित महत्तो पक्राउ

प्रमोद यादव
पर्सा,२३ भदौं : वीरगन्जको ग्रामीण भेगबाट वनगस्ती टोलीले ठूलो परिमााणमा रहेको सालको गोलीया काठ सहित एक जनालाइ पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बाट वनगस्ती टोलीले दुइ थान सालको गोलीया काठ सहित वीरगन्ज ३१ कै ५० बर्षिय रामानन्द महत्तोलाइ पक्राउ गरेको हो ।

सव डिभिजन वन कार्यालय सबैया अन्तर्गत पर्ने राष्ट्रिय वनबाट अबैधरुपमा सालको काठ ,साइकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा महत्तोलाइ वनगस्ती टोलीले बिहीबार बिहान वीरगन्ज ३१ बाट पक्राउ गरेको हो । काठ र साइकल सहित पक्राउ परेका महत्तोलाइ करबाहीको लागि डिभिजन वन कार्यालय पर्सामा बुझाईएको सुबेदार प्रदिप कुमार तिमल्सिनाले जानकारी दिए ।

Related posts

ट्याक्टरले साइकललाई ठक्कर दिदां पर्सामा एक महिलाको मृत्यु

MadhesKhabar

वीरगन्जमा जथाभावी फाेहाेर फाल्ने विरुद्ध मुद्दा चलाउने महानगरकाे तयारी

MadhesKhabar

वीरगन्जका विभिन्न स्थानमा रहेका चुनाव प्रचार सामग्रीहरु तत्काल हटाउन महानगरको अनुरोध

MadhesKhabar

Leave a Comment