Madhes Khabar
स्थानिय

ट्याक्टरले साइकललाई ठक्कर दिदां पर्सामा एक महिलाको मृत्यु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज ,२९फागुनः पर्सामा सोमबार दिउँसो ट्याक्टरले साइकललाई ठक्कर दिदाँ साइकलमा सवार एक बृद्धा महिलाको मृत्यु भएको छ ।

पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ स्थित सडकमा सोमबार दिउँसो मे. १ त ४८१७ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट साईकलमा सवार पर्साकै धोविनी गाँउपालिका ३ गुलरिया घर भएकी ७२ वर्षिय महेसीया देवी हजराको मृत्यु भएको हो ।

दुर्घटनामा साइकल चलाउने महेसीया देवीका पति प्रसाद हजरा गम्भिर घाइते भएका छन् । उनको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर र त्यसका चालक पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर २ घर भएका ३२ वर्षिय महेन्द्र सहनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

Related posts

बमसहित पर्सा-२ का नेकपा उम्मेदवार चौधरी पक्राउ

MadhesKhabar

सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन महानगर र उद्योग वाणिज्य संघ संयुक्तरूपमा लाग्ने

MadhesKhabar

पर्सामा ठूलाे परिमाणमा चरेससहित एक काराेबारी पक्राउ 

MadhesKhabar

Leave a Comment