Madhes Khabar
स्थानिय हेडलाइन

बमसहित पर्सा-२ का नेकपा उम्मेदवार चौधरी पक्राउ

वीरगन्ज,२०,फागुन:नेपाली कम्युनिष्ट पार्टीका पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी पक्राउ बम सहित पक्राउ परेका छन ।

पर्साको पर्सागढी नगरपालिका-२ बढनिहारबाट मंगलबार राति १० बजे चाैधरीसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौधरी सवार गाडीमा बम फेला परेको हुनाले उनलाइ नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताए ।
बुधबार बिहान जिल्ल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरी उपरीक्षक पाठकले उम्मेदवार चौधरी सवार बा१०च १२५० नम्बरको कारमा होक्सी बम भेटिएको बताए ।

 

प्रहरी उपरीक्षक पाठकले भने,चाैधरीकाे गाडीबाट बरामद बम आज बिहान नेपाली सेनामार्फत डिस्पोज पनि गराइसकेका छौ।

 

चौधरीसहित उनी सवार गाडीमा अन्य तीनजनालाइ समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

यद्यपी, अनुसन्धान चलिरहेकोले उनीहरुको अरु विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ । उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ । चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर , सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

 

यता नेकपाका नेता तथा पूर्वमन्त्री नागेन्द्र चाैधरीले निर्वाचन बिथोल्ने नियतले उम्मेदवार चाैधरीलाई षडयन्त्र गरेर फसाइएकाे बताए ।

Related posts

बारा २ मा हाम्रो मुख्य प्रतिस्पर्धी उपेन्द्र यादव नै हो : सिके राउत

MadhesKhabar

वीरगन्ज महानगरले बनाइ दिएको पशुपति आदर्श क्लबको भवनको मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

मुआब्जा माग गर्दै अलौंका स्थानीयले मेयर सिंहलाई बुझाए ज्ञापन

MadhesKhabar

Leave a Comment