Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा एकै साथ देखियो डेंगु र स्क्रब टाइफस

मधेसखबर
वीरगन्ज ,१२ भदौ : वीरगन्ज महानगर क्षेत्रमा एकैसाथ डेंगु र स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।
नारायणी अस्पतालका चिकित्सक डाक्टर जेपी जैसवालले आफ्नो क्लिनिकमा गत बुधबार एकै दिन ३ जना डेंगु बिरामी सम्पर्कमा आएको बताए ।

‘तीनै जना काठमाडौंबाट फर्किएका पर्सावासी पुरुष हुन्,’ उनले भने, ‘उनीहरूमा ज्वरो, टाउको दुख्ने, जीउ दुख्नेजस्ता साझा समस्या थियो ।’

वीरगन्ज मात्र नभई हेटौंडाबाट समेत डेंगुका बिरामी सम्पर्कमा आएको उनले उनले बताए । ‘३-४ दिनमै झन्डै १ दर्जन डेंगु बिरामी मेरो सम्पर्कमा आएका छन्,’ उनले भने, ‘अन्य चिकित्सकको सम्पर्कमा आउने तथा अस्पतालमा भर्ना भएर उपचार गराउने अन्य डेंगु बिरामी धेरै हुन सक्छन् ।’

 

गतवर्ष पनि यसै समयमा वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी एकैसाथ ठूलो संख्यामा देखिएका थिए । नारायणी अस्पतालका अर्का चिकित्सक डा. उदयनारायण सिंह पनि डेंगु र स्क्रब टाइफसका बिरामी एकैसाथ उपचार गराउन आइरहेको बताउँछन्  । एडभान्स अस्पतालमा २ जना स्क्रब टाइफसका बिरामी भर्ना भई उपचार गराइरहेका छन् ।

 

गतवर्ष कोभिड महामारीपछि यो समस्या वीरगन्जमा देखिन थालेको हो,’ उनले भने, ‘त्यसैगरी सातामा ३-४ डेंगु बिरामी पनि सम्पर्कमा आइरहेका छन्, दुवैको ग्राफ बिस्तारै उकालो लागिरहेको छ ।’

 

डेंगु जमेको सफा पानीमा बस्ने गरेको लामखुट्टेले सार्ने भएकाले घर तथा घरको वरपरसमेत पानी जम्न नदिने, घरमा पनि गमला तथा एसीमा जमेको पानी बेलाबेला फाल्ने गर्नु नै सावधानी रहेको उनले बताए । स्क्रब टाइफसका बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला गरी रातो डाबर आउनेजस्ता लक्षण देखिने गरेको उनले बताए

 

सन् २०१५ देखि पर्सालगायत मधेसका जिल्लामा यो बिमार देखा पर्न थालेको उनले बताए । पहिलो वर्ष रोगको पहिचान हुन नसक्दा बिरामीले लामो समय अस्पताल भर्ना भएर उपचार गराउनु परेको थियो । साभार : कान्तिपुर

Related posts

नारायणी अस्पतालमा पाँच महिनादेखि बन्द रहेको एमआरआई सेवा आजदेखि फेरि सुरु

MadhesKhabar

वीरगन्जमा जेसिसकाे राष्ट्रिय सम्मेलन: १० जना उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

MadhesKhabar

भरतपुर भ्रमण वर्ष : ठोरी नाका खुलाउन पहल

MadhesKhabar

Leave a Comment