Madhes Khabar
राष्ट्रिय हेडलाइन

वीरगन्जमा जेसिसकाे राष्ट्रिय सम्मेलन: १० जना उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

मधेसखबर
वीरगन्ज ,०७ पुस: नेपाल जेसिसले बिही‍बार वीरगन्जमा विभिन्न विधामा विशिष्ट योगदान गरेका १० युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरेको छ । नेपाल जेसिसको बिहीबार देखि वीरगन्जमा सुरु भएको ४९ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनीहरूलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा स्वास्थ्य क्षेत्रबाट डा. मेराज आलम अन्सारी; खेलकुद क्षेत्रबाट चन्द्रप्रसाद गौतम; सामाजिक न्याय तथा जातीय विभेद अन्त्यको क्षेत्रबाट कल्पना भट्ट; मानव अधिकार तथा सामाजिक न्याय क्षेत्रबाट बिपिन बुढाथोकी; संगीत तथा प्रस्तुतिसँग सम्बन्धित क्षेत्रबाट पशुपति शर्मा; साहित्य, कला तथा संस्कृति क्षेत्रबाट प्रदीप पाण्डे रोदन; कृषि क्षेत्रबाट यादवराज जोशी; आर्थिक विकास तथा व्यापारिक क्षेत्रबाट योगेन्द्र चिमरिया; शैक्षिक विकास क्षेत्रबाट रश्मी पन्त; देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको योगदानका लागि सुधन ज्ञवालीलाई सम्मानित गरिएको थियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले संयुक्त रुपमा स्वर्णपदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।साभार:कान्तिपुर

Related posts

परवानीपुर सब स्टेसनमा आगलागीपछि पर्सा-बारा औद्योगिक करिडोरमा विद्युतको अभाव

MadhesKhabar

राष्ट्रिय क्रिकेट टिमका आसिफ र आरिफ शेख गृहनगर वीरगन्जमा सम्मानित

MadhesKhabar

बाराको पचरौता नगरपालिकाकाले एमबीबीएस पढ्ने दुई विद्यार्थीलाइ दियो जनही १० लाख

MadhesKhabar

Leave a Comment