Madhes Khabar
राष्ट्रिय हेडलाइन

वीरगन्जमा जेसिसकाे राष्ट्रिय सम्मेलन: १० जना उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

मधेसखबर
वीरगन्ज ,०७ पुस: नेपाल जेसिसले बिही‍बार वीरगन्जमा विभिन्न विधामा विशिष्ट योगदान गरेका १० युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरेको छ । नेपाल जेसिसको बिहीबार देखि वीरगन्जमा सुरु भएको ४९ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनीहरूलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा स्वास्थ्य क्षेत्रबाट डा. मेराज आलम अन्सारी; खेलकुद क्षेत्रबाट चन्द्रप्रसाद गौतम; सामाजिक न्याय तथा जातीय विभेद अन्त्यको क्षेत्रबाट कल्पना भट्ट; मानव अधिकार तथा सामाजिक न्याय क्षेत्रबाट बिपिन बुढाथोकी; संगीत तथा प्रस्तुतिसँग सम्बन्धित क्षेत्रबाट पशुपति शर्मा; साहित्य, कला तथा संस्कृति क्षेत्रबाट प्रदीप पाण्डे रोदन; कृषि क्षेत्रबाट यादवराज जोशी; आर्थिक विकास तथा व्यापारिक क्षेत्रबाट योगेन्द्र चिमरिया; शैक्षिक विकास क्षेत्रबाट रश्मी पन्त; देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको योगदानका लागि सुधन ज्ञवालीलाई सम्मानित गरिएको थियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले संयुक्त रुपमा स्वर्णपदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।साभार:कान्तिपुर

Related posts

वीरगन्जमा उद्घाटनकाे तयारीमा रहेकाे मधेस विश्वविद्यालयकाे मेयर सिंहले गरे अवलाेकन

MadhesKhabar

वीरगन्ज नाकाबाट दुई सातामा ७३ लाख ७० हजार मुल्यको गोलभेंडा भारत निर्यात

MadhesKhabar

सखुवा प्रसौनीमा आमाको दुध प्रतिस्थापन गर्ने वस्तुको विक्री र प्रयोग रोक्ने जनप्रतिनिधीहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment