Madhes Khabar
स्वास्थ्य हेडलाइन

सखुवा प्रसौनीमा आमाको दुध प्रतिस्थापन गर्ने वस्तुको विक्री र प्रयोग रोक्ने जनप्रतिनिधीहरुको प्रतिबद्धता

वीरगन्ज,१४असारःपर्साको सखुवा प्रसौनी गाँउपालिकाका जनप्रतिनिधिहरुले आमाको दुध प्रतिस्थापन गर्ने वस्तुहरुको विक्री र प्रयोग रोक्न सकृय भूमिका निर्वाह गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् ।

शनिबार सखुवाप्रसौनी गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको ‘आमाको दुध प्रतिस्थापन गर्ने वस्तु विक्री तथा वितरण नियन्त्रण ऐन, २०४९” सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रममा सहभागी गाँउपालिका अध्यक्ष र ६ वटै वडाका वडाध्यक्षहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादवले आमाको दुध शिशु स्वास्थ्यको मेरुदण्ड भएको उल्लेख गर्दै आमाको दुध प्रतिस्थापन गर्ने वस्तुहरुको विक्री र प्रयोग रोक्न कानुनी व्यवस्था अनुसार पालिकाले कठोर कदम चाल्ने प्रतिबद्धता जनाए ।

यस्तै कार्यक्रममा सहभागी वडाध्यक्षहरु बासुदेव महतो थारु, चिरञ्जीवी महतो थारु,मोजामिल अन्सारी, मोदारीफ अन्सारी,अशेश्वर यादव र मुना कमकरले पनि आमाको दुध प्रतिस्थापन गर्ने वस्तुहरुको प्रचारप्रसार, विक्री र प्रयोग रोक्न आँफुहरुले सकृय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता वीरेन्द्रप्रसाद यादवले आमाको दुध प्रतिस्थापन गर्ने वस्तु विक्री तथा वितरण नियन्त्रण ऐन, २०४९ का कानुनी प्रावधानहरूबारे विस्तृत रुपमा जानकारी गराए । मातृ दुधको विकल्पका रूपमा प्रयोग गरिने कृत्रिम शिशु आहार, दूधजन्य पदार्थ तथा अन्य खाद्य वस्तुको अनियन्त्रित प्रचार, विज्ञापन, विक्री वितरण र सेवनले शिशु स्वास्थ्यमा पार्ने नकारात्मक असरहरुबारेपनि उनले सचेत गराए।

गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले आमाको दुध प्रतिस्थापन गर्ने वस्तु विक्री तथा वितरण नियन्त्रण ऐन, २०४९ ऐनको उद्देश्य, मातृदूधको वैज्ञानिक महत्व तथा शिशुहरूको पोषण सुरक्षामा स्थानीय सरकारको भूमिका बारे जानकारी गराएका थिए ।उक्त कार्यक्रममा गाँउ कार्यपालिका सदस्यहरू, वडा सदस्य, स्वास्थ्यकर्मी लगायतकाकोपनि सहभागिता रहेको थियो ।

Related posts

बदलिदैं मधेस : छोरी जन्मिएको खुशीमा मुन्नाले गाँउभर बाँडे मिठाई

MadhesKhabar

नेपाललाई सुरुआती झट्का, वेस्ट इन्डिजविरुद्ध ४.५ ओभरमै ३ विकेट आउट

MadhesKhabar

गहवामाई रथ यात्राकाे सम्पुर्ण तयारी पुरा (फाेटाे फिचर)

MadhesKhabar

Leave a Comment