वीरगन्ज ,४असार : वीरगन्जमा पहिलाेपटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे सम्पुर्पूण तयारी पुरा भएकाे छ । गहवामाईकाे नवनिर्मित मन्दिरकाे ११ ओैं वर्षकाे उत्सवमा भाेली मंगलबार अषाढ ५ गते पहिलाेपटक रथ यात्रा निकाल्न लागिएको हाे । गहवामाई मन्दिर र परिसरलाई पनि फुल र झिलिमिली बत्तीले सिंगारेर झकिझकाउ बनाईएकाे छ ।

गहवामाई रथ यात्रा मंगलबार बिहान ६ बजे गहवामाई मन्दिर प्रांगणबाट सुरु भई माइस्थान चाेक, घणटघर , रेल्वे राेड , छपकैयास्थित मेनराेडमा पुगेर त्यहाँबाट , श्रीराम सिनेमा हल, वीर्ता, अलखियामठ , आदर्शनगर चाेक, महावीरस्थान , माईस्थान चाेक हुँदै पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन हुनेछ ।

रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिने गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पाेखरेलले जानकारी दिए ।
रथ यात्राले नगरपरिक्रमा गरेपछि मंगलबार नै साँझ गहवामाई मन्दिर परिसरमा भजनकृतनपनि आयाेजना हुने पाेखरेलले बताए । भाेलिपल्ट बिहान अषाढ ६ गते बुधबार बिहान गहवामाईलाई ५६ प्रकारकाे भाेग चढाइने र भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा सञ्चालन गरि प्रसाद वितरण गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए ।

अध्यक्ष पाेखरेलका अनुसार, रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयाेग गरिएकाे छ ।रथ निर्माणकाे लागत मात्रै करिब २० लाख रुपैयाँ रहेकाे उनले बताए । भारत र नेपालका गरि १० भन्दाबढी कारिगरहरुले रथ निर्माण गरेका हुन् ।

रथ यात्रा आयाेजनामा लाग्ने खर्चका लागि भक्तजनहरुले स्वेच्छाले आर्थिक सहयाेग गरिरहेका छन् ।
पाेखरेलले भने, जाे सहयाेग गर्न इच्छुक हुनुहुन्छ उहाँले मन्दिर अगाडिको दानपेटीकामा आफ्नाे स्वेच्छाले सहयाेग गर्न सक्नुहुनेछ , यस्तै नगदी रसिदपनि काटेर सहयाेग गर्न सक्नुहुनेछ ।


