Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गहवामाई रथ यात्राकाे सम्पुर्ण तयारी पुरा (फाेटाे फिचर)

वीरगन्ज ,४असार : वीरगन्जमा पहिलाेपटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे सम्पुर्पूण तयारी पुरा भएकाे छ ।  गहवामाईकाे नवनिर्मित मन्दिरकाे ११ ओैं वर्षकाे उत्सवमा भाेली मंगलबार अषाढ ५ गते पहिलाेपटक रथ यात्रा निकाल्न लागिएको हाे । गहवामाई मन्दिर र परिसरलाई पनि फुल र झिलिमिली बत्तीले सिंगारेर झकिझकाउ बनाईएकाे छ ।

गहवामाई रथ यात्रा मंगलबार बिहान ६ बजे गहवामाई मन्दिर प्रांगणबाट सुरु भई माइस्थान चाेक, घणटघर , रेल्वे राेड , छपकैयास्थित मेनराेडमा पुगेर त्यहाँबाट , श्रीराम सिनेमा हल, वीर्ता, अलखियामठ , आदर्शनगर चाेक, महावीरस्थान , माईस्थान चाेक हुँदै पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन हुनेछ ।

रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिने गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पाेखरेलले जानकारी दिए ।

रथ यात्राले नगरपरिक्रमा गरेपछि मंगलबार नै साँझ गहवामाई मन्दिर परिसरमा भजनकृतनपनि आयाेजना हुने पाेखरेलले बताए । भाेलिपल्ट बिहान अषाढ ६ गते बुधबार बिहान गहवामाईलाई ५६ प्रकारकाे भाेग चढाइने र भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा सञ्चालन गरि प्रसाद वितरण गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए ।


अध्यक्ष पाेखरेलका अनुसार, रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयाेग गरिएकाे छ ।रथ निर्माणकाे लागत मात्रै करिब २० लाख रुपैयाँ रहेकाे उनले बताए । भारत र नेपालका गरि १० भन्दाबढी कारिगरहरुले रथ निर्माण गरेका हुन् ।

रथ यात्रा आयाेजनामा लाग्ने खर्चका लागि भक्तजनहरुले स्वेच्छाले आर्थिक सहयाेग गरिरहेका छन् ।

पाेखरेलले भने, जाे सहयाेग गर्न इच्छुक हुनुहुन्छ उहाँले मन्दिर अगाडिको दानपेटीकामा आफ्नाे स्वेच्छाले सहयाेग गर्न सक्नुहुनेछ , यस्तै नगदी रसिदपनि काटेर सहयाेग गर्न सक्नुहुनेछ ।

Related posts

नेपाल-भारतबीचकाे सम्बन्ध बिगार्ने खालका अतिरञ्जित समाचार सम्प्रेषण नगर्न कानुनमन्त्री चाैरसियाकाे आग्रह

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको कार्यालय अब आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालन

MadhesKhabar

मतदानमा दुई लाख भन्दा बढी कर्मचारी खटाईने

MadhesKhabar

Leave a Comment