Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जमा आज गगन थापा आउँदै : ‘रोड शो’ गरेपछि आमसभालाई सम्बोधन गर्ने

वीरगन्ज,१६ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज (शनिबार) पर्सासहित मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् ।थापाले पर्सा, बारा, सर्लाही र रौतहट हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।चुनावी सभाहरूमा जाने क्रममा सभापति थापा रोड शोमा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

पर्साको वीरगन्जमा दिउँसो २ बजेदेखि कांग्रेसको आमसभालाई थापाले सम्बोधन गर्ने कार्यक्रम छ । वीरगन्जको घण्टाघर छेउको बीपी उद्यान परिसरमा हुने सभालाई थापाले सम्बोधन गर्नेछन् । त्यसअघि पर्साकै पोखरियमा हुने कांग्रेसको सभालाई पनि थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जानकारी दिए । सुरुमा थापा हेलिकप्टरबाट सिधै पोखरिया जाने कार्यक्रम छ । त्यसपछि थापा हेलिकप्टरबाटै वीरगन्जको गण्डकस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलको हेलिप्याडमा अवतरण गर्नेछन् । त्यहाँबाट उनि चारपाङग्रे गाडीमा रोड शो गर्दै घण्टाघर छेउको बीपी उद्यान परिसरमा आयोजित आमसभास्थलमा पुग्ने कुर्मीले जानकारी दिए ।

सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
त्यसअघि बिहीबार चुनावी सभाहरू सम्बोधन गर्न उनी सुर्खेत र बाँके पुगेका थिए । सभापति थापाले आइतबार काठमाडौंमा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Related posts

सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गरिने

MadhesKhabar

अदालत र सरकार भारतकाे गुलाम : मेयर बालेन

MadhesKhabar

बारामा आमाको नामबाट नागरिकता दिन थालियो

MadhesKhabar

Leave a Comment