Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा उद्घाटनकाे तयारीमा रहेकाे मधेस विश्वविद्यालयकाे मेयर सिंहले गरे अवलाेकन

मधेसखबर
वीरगन्ज ,१९ भदौं : वीरगन्जमा स्थापना गरि सन्चालनको तयारीमा रहेकाे मधेस विश्वविधालयकाे वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्थलगत अवलोकन गरेका छन् ।
वीरगन्जकाे श्रीपुर स्थित नेशनल ट्रेडिङकाे भवन र परिसरमा स्थापना गरि सन्चालनकाे तयारीमा रहेकाे मधेस विश्वविद्यालयकाे मेयर सिंहले आइतबार साँझ अवलाेकन गरेका हुन् ।
त्यसक्रममा मेयर सिंहले विश्वविद्यालय सन्चालन र उद्घाटनकाे तयारी लगायत बारे विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्यसंग जानकारी लिए ।

मधेस सरकारले वीरगन्जमा स्थापना गरेकाे मधेस विश्वविद्यालयकाे यहि भदौं २२ गते बुधबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने तय भएकाे छ ।उद्घाटन समाराेहमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , सामाजिक विकास मन्त्री नवलिकशाेर साह लगायतको पनि सहभागिता रहने उपकुलपति डाक्टर शाक्यले जानकारी दिए ।

आइतबार विश्विवधालयकाे तयारी बारे मेयर सिंहले अवलाेकन गर्ने क्रममा उपकुलपति डाक्टर शाक्य, वडा अध्यक्षहरु आशुतोष चतुर्वेदी, मनाेज यादव , इन्जिनियर प्रकाश अमात्य लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

Related posts

विपी उद्यानको जग्गा खाली गराउन वीरगन्ज महानगरले फेरि चलायो डोजर

MadhesKhabar

पर्सामा कुष्ठरोगका प्रभावितहरु सबैभन्दा बढी वीरगन्ज महानगरमा

MadhesKhabar

ठाेरीस्थित हुलाकी सडकमा माेटरसाइकल अटाेमा ठाेक्किदा एक युवककाे मृत्यु

MadhesKhabar

Leave a Comment